Successfully Copied

व्यावसायिक भान्सा

फुडमारियो खानपानसम्बन्धी एप्स हो । यसलाई हामी युवाहरूले विगत दुई वर्षदेखि सञ्चालन गरिरहेका छौं । यसले घरको भान्सामा बनेका खानेकुरा ग्राहकसम्म पुर्‍याउने काम गर्छ । फुडमारियोमाअहिले दैनिक करिब ४ सय ५० अर्डर आउँछ । यो एप्स डाउनलोड गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दैछ । यसले गर्दा पनि व्यस्त समयमा खाना–खाजा

 

फुडमारियो खानपानसम्बन्धी एप्स हो । यसलाई हामी युवाहरूले विगत दुई वर्षदेखि सञ्चालन गरिरहेका छौं । यसले घरको भान्सामा बनेका खानेकुरा ग्राहकसम्म पुर्‍याउने काम गर्छ । फुडमारियोमाअहिले दैनिक करिब ४ सय ५० अर्डर आउँछ । यो एप्स डाउनलोड गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दैछ । यसले गर्दा पनि व्यस्त समयमा खाना–खाजा आदिको अर्डर गर्न सहज भएको छ । फुडमारियोले खाना बनाउनेदेखि लिएर डेलिभरी गर्नेहरूसम्मलाई रोजगारी प्रदान गरेको छ । कम्पनीले डेलिभरी गर्नेहरूका लागि बीमाको समेत व्यवस्था गरेको छ । 

यदि तपाईं खाना पकाउन रुचाउनुहुन्छ ? व्यावसायिक रूपमा त्यसलाई अघि बढाउने अवसर पाउनुभएको छैन भने तपाईंका लागि फुडमारियो एप्स उपयोगी साबित हुनसक्छ । फुडमारियो त्यस्तो एप्स हो जसले तपाईंले घरमा पकाएको खाना ग्राहकसम्म पुर्‍याइदिने काम गर्छ । नयाँ बजारकी सीमा अग्रवाल गृहिणीका रूपमा आफ्नो दैनिकी बिताइरहेकी थिइन् । उनी खाना पकाउने, खाजा बनाउने काम त गर्थिन् नै तर आफ्नै परिवारका लागि मात्र, त्यसबाट कुनै आम्दानी भने हुँदैनथ्यो । जब उनले फुडमारियोका बारेमा थाहा पाइन् तब उनको भान्सा पनि व्यावसायिक भयो । दुई वर्षअघिदेखि फुडमारियोको कुक गर्न थालेपछि उनले घरबाटै आम्दानी गर्न थालिन् । अहिले उनी आफ्नो भाान्सामा मम, चाउमिन, चिकेन चिल्ली, पनिर पुलाउ आदि बनाउँछिन् अनि त्यसलाई फुडमारियोमार्फत बिक्री गर्छिन् । भान्सामा उनी कहिले छोरीहरूको सहयोग लिन्छिन् त कहिले एक्लै काम सम्पन्न गर्छिन् । यसरी फुडमारियो एप्सले आफ्नो भान्साबाटै आम्दानी गर्न सहयोग पुर्‍याएको उनले बताइन् ।

भैंसेपाटी बस्ने सीमा अग्रवाल फुडमारियोले आफूलाई भान्सामै रोजगारी दिलाएको कुरा बताउँछिन् । सीमा आफ्नो भान्सामा आलुपरांैठा, पुरी, तरकारी, आलुपकौडा आदि बनाउँछिन् । घरमै बनायो बेच्यो न ग्राहक खोज्नुपर्ने न त बाहिर कतै जानुपर्ने यसबाट आम्दानी गर्न सहज भएको छ ।’ सीमा भन्छिन् । 

के हो फुडमारियो ?

फुडमारियो खानापानसम्बन्धी एप्स हो । फुडमारियो एप्स नेपालको पहिलो खाना एप्स हो । यो खाना बनाएर बेच्ने र खाना अर्डर गर्नेहरूका लागि खुल्ला प्लेटफर्म हो । यसमार्फत आफ्नो भान्सामा पकाइएका खाना सहजै ग्राहकसम्म पुर्‍याउन सकिन्छ तथा खाना अर्डर समेत गर्न मिल्छ ।

कसरी गर्ने आम्दानी ?

यदि तपार्इं खाना बनाउनुहुन्छ भने घरमै बनाएर व्यावसायिक रूपमा सफल हुन फुडमारियोको सहयोग लिन सक्नुहुन्छ । सबैभन्दा पहिले गुगलमा गएर फुडमारियोको एप्स डाउनलोड गर्नुहोस् । त्यसपछि फुडमारियोको फोनमार्फत आवश्यक डिटेल सोधिन्छ । त्यसपछि आफ्नो खानाको मूल्य तथा फोटो फुडमारियोमा पठाउनुपर्छ । फुडमारियोले भान्सा अनुगमनपछि उचित भए सहकार्यलाई अघि बढाउँछ । यस्तो सहकार्यमा फुडमारियोलाई खानामा ३० प्रतिशत तथा अन्य आइटममा २० प्रतिशत शुल्क बुझाउनुपर्छ । 

कसरी गर्ने अर्डर ?

भोक लाग्यो, केही खान मन लाग्यो तर तपाईं व्यस्त हुनुहुन्छ बाहिर जाने समय छैन भने फुडमारियोलाई सम्झन सक्नुहुन्छ । यसका लागि तपाईंले मोबाइलमार्फत नै खाना अर्डर गर्न सक्नुहुन्छ । सबैभन्दा पहिले फुडमारियो एप्स डाउनलोड गर्नुहोस् । त्यसपछि मेनु हेरेर आफूलाई आवश्यक खानेकुरा छनोट गर्नुहोस् । छनोटपछि आफ्नो अर्डर पठाउनुहोस् । यसका लागि डेलिभरी चार्ज तिर्नुपर्दैन । 

 Image