२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
एक वर्षअघि सिरहाको मिर्चैया नगरपालिका–१२ मा राजपति पूर्वेले सञ्चालनमा ल्याएको आधुनिक एनआरपी सैलुनको तेस्रो शाखा उदयपुरको कटारीमा सञ्चालनमा आएको छ । सिरहामै दुई स्थानमा सञ्चालनमा ल्याएपछी तेस्रो शाखा कटारी आइपुगेको सैलुनले सिन्धुलीमा चौथो शाखा खोल्ने तयारी गरिरहेको बताइएको छ ।
एसी, सिसी क्यामेरा, फ्री वाईफाईजस्ता सुविधाले सम्पन्न उक्त सैलुनका लागि प्रतिसैलुन २० लाखभन्दा बढी लगानी परेको छ । ‘सैलुनले हालसम्म दर्जनभन्दा एक बढीलाई रोजगारी दिएको छ । सैलुनका कटारी शाखाका धनुषा सबैला–४ का प्रेमकिशोर ठाकुरले भने– ‘९ वर्ष वैदेशिक रोजगारीमा कतार पुगेर आएपछी सैलुनमा सहकार्य गरी काम गरिरहेको छु ।’
ठाकुरले नेपालमै कपाल काटेर मासिक २५ हजार सम्म आम्दानी हुने भएकाले विदेश छाडेर कैंचीमा हात चलाएको कुरा बताए । कतारमा समेत कपाल काट्ने काम गरेका ठाकुरले नेपालमै यहि पेशामा राम्रो आम्दानी हुने भएपछि विदेश जान छाडेको जानकारी दिए । सैलुनको शाखामा काम गर्नेहरूले ५० प्रतिशत कमिसनमा काम गर्ने गरेका छन् ।
सैलुनमा चिया, कफी तथा लस्सीका साथै पत्रपत्रिका पढ्ने सुविधाका साथै बिहानैदेखि वेलुका सम्म सेवा उपलब्ध गराइन्छ । अन्य सैलुनकै शुल्कमा सेवा दिने गरेको यो सैलुनले पार्लर समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।