छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
पहिलो मिस नेपाल अमेरिकाकी विजेता सुजिता बस्नेतले गत साता यहाँ सम्पन्न मिस मेरिल्यान्ड युएसएमा सेकेन्ड रनर्सअपको उपाधि जितेकी छिन् । उनले पब्लिक च्वाइसको टाइटल पनि प्राप्त गरिन् ।
सुजिता सन् २०१६ मा अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिकामा सहभागी भएर सेमिफाइनलमा पुगेकी थिइन् ।
सुजिता पहिलो पटक सन् २०११ मा नेपाली युवतीहरूमाझ भएको मिस नेपाल युएसएकी विजेता हुन् । वासिङ्टन डिसीमा जन्मिएकी सुजिताले १९५२ देखि हँुदै आएको यो प्रतियोगितामा ९३ जना अमेरिकी युवतीलाई पछि पारेकी थिइन् ।
शिव शर्मा