‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
कान्तिपुर मिडिया ग्रुप अन्तर्गत ‘साप्ताहिक’ र ‘नारी’ मासिकको सम्पादकमा राजाराम गौतम नियुक्त भएका छन् ।
साप्ताहिक तथा नारीका सम्पादक सुवास ढकालले दिएको राजिनामा स्वीकृत गर्दै कान्तिपुर पव्लिकेसन्स संचालक समितीले गौतमलाई नयाँ सम्पादकको जिम्मेवारी सुम्पिएको हो ।
आज शुक्रवार आयोजित एक कार्यक्रमका बिच पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गौतमलाई स्वागत गरे । ढकाललाई विदाई गरे । गौतम यसअघि नेपाल र कान्तिपुरमा काम गरिसकेका छन् । यसअघि उनी अन्नपुर्ण दैनिकको सम्पादकको रुपमा कार्यरत थिए ।
सम्पादकको जिम्मेवारी ग्रहण गरेसँगै गौतमले साप्ताहिक तथा नारीलाई समयानुकुल अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । सुवास ढकाल झण्डैं २५ बर्ष सम्पादकको रुपमा काम गरि बिदा भएका हुन् ।