मिस इन्टरनेनसल २०१९ को दौडमा

नारी संवाददाता

कार्तिक २३, २०७६

जापानको टोकियोमा नेपाल लगायत विश्वका ८३ मुलुकका सुन्दरीहरू ५९ औं संस्करणको मिस इन्टरनेसनल–२०१९ को मुख्य उपाधि जित्ने होडमा छन् । यही उपाधि दौडमा छिन् नेपालकी मीरा कक्षपति ।

भक्तपुर निवासी २४ वर्षीया मिराले मिस नेपाल–०१९ को फाइनलमा मिस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि जितेपछि मिस इन्टरनेनसल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । फ्रिलान्स एमसीका रूपमा सुपरिचित मीरासँग टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गरेको अनुभव पनि छ ।

५ फिट ४ इन्च अग्ली मीरालाई अध्ययन तथा भ्रमणमा रुचि छ भने उनले गोल्डेन गेट इन्टरनेसनल कलेजबाट उच्च शिक्षा पूरा गरेकी हुन् । मिस इन्टरनेनसल–२०१९ को अन्तिम प्रतिस्पर्धा यही नोभेम्बर १२ का दिन टोकियोको वुन्क्यो जिल्लास्थित टोकियो डोम सिटी हलमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×