नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
कात्तिक १६ गते शनिबार भियतनामको हो चि मिन्ह सहरमा सञ्चालित मिस एसिया एवार्ड–२०१९ मा नेपालका तर्फबाट सहभागी रबिष्का श्रेष्ठ उत्कृष्ट ११ सम्मको यात्रा तय गर्न सफल भएकी छिन् ।
१८ वर्षिया रुबिष्काले ट्रूजिमी कोरिया नामक स्पोन्सर एवार्डसमेत प्राप्त गरेकी छिन् । मिस एसिया एवार्ड्स–२०१९ को उपाधि भने फिलिपिनो सुन्दरी कायसा चुवाले जितेकी थिइन् ।