Successfully Copied

मुटु रोग र रक्तचापको जोखिम कम गर्न

चिकित्सकहरूका अनुसार अहिले नेपालमा मात्र नभएर विश्वभर नै उच्च रक्तचापका बिरामीहरू बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एक वर्षमा मुटु तथा रक्त नलीका रोगबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गरेकोमा उच्च रक्तचापका कारण करिब ९४ लाख मानिसको मृत्यु भैरहेको

    मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागमा सञ्चार हुने क्रममा रगतले रक्तनलीको लचकतामा एक प्रकारको चाप पैदा गर्नुलाई रक्तचाप मानिन्छ । 

    चिकित्सकहरूका अनुसार अहिले नेपालमा मात्र नभएर विश्वभर नै उच्च रक्तचापका बिरामीहरू बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एक वर्षमा मुटु तथा रक्त नलीका रोगबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गरेकोमा उच्च रक्तचापका कारण करिब ९४ लाख मानिसको मृत्यु भैरहेको छ । 

    महिलाको तुलनामा पुरुषलाई मुटुरोगको बढी जोखिम हुन्छ । 

    ४५ वर्षभन्दा कम उमेरका महिलामा मुटुरोग न्यून छ भने ५० वर्षसम्मका महिलालाई मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिलामा महिनावारी सुक्नुभन्दा अघि हार्मोनका कारण मुटुमा ब्लकेज हुन पाउँदैन । त्यसैले महिलामा यो उमेरमा मुटुरोगको सम्भावना कम देखिएको हो, तर धूम्रपान गर्ने महिलाको हकमा भने यो नियम लागू नहुन सक्छ । 

    ५५ देखि ६० वर्षको उमेरपछि महिलामा पनि पुरुषको जस्तै मुटुरोगको जोखिम हुन्छ । 

    महिला तथा पुरुषमा मुटुरोगका लक्षण फरक–फरक हुन सक्छन् । महिलाको इसिजी गर्दा पनि मुटुरोगको अस्पस्ट लक्षण देखा पर्न सक्छ । 

 तनाव तथा रिस मुटुरोगको लुकेको कारण हो । त्यसैले रिसाउने, झर्किने तथा तनावमा बस्ने आदि काम गर्नु हुँदैन ।

 

 Image