३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।

नेपाली चेली रिया बस्नेतले विश्वका ८४ मुलुकका युवतीहरुसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । यहि अक्टोबर २६ देखि फिलिपिन्सको मनिलामा आयोजना हुन लागेको मिस अर्थ २०१९ मा रियाले उल्लेखित संख्याका देशका युवतीसँग प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
मिस अर्थ प्रतियोगिताको १९ औं संस्करणको ग्राण्ड फिनालेका लागि नेपालबाट आधिकारिक प्रतिनिधि रहेकी रिया मिस नेपाल २०१९ को मिस नेपाल अर्थ २०१९ उपाधि विजेता हुन् । यतिखेर मिस अर्थ २०१९ अन्तर्गत विभिन्न प्रिलिमिनरी प्रतिस्पर्धाहरु संगै प्रतियोगिता सम्बन्धी विविध गतिविधि पनि संचालन भइरहेको छ ।
नेपालकी रिया प्रतियोगिता अन्तर्गत फायर समूहमा रहेकी छिन् । मिस नेपाल २०१९ मा मिस नेपाल अर्थ उपाधि विजेता संगै मिस पपुलर च्वाइस अवार्ड पनि जितेकी २३ वर्षिया रिया पााच फिट सात इन्च शारारिक उाचाईकी छिन् । बीबीए अध्ययन पूरा गरेकी काठमाडौं निवासी रियाले विशेष गरी उपन्यास पढ्न, खेलकूद, भ्रमण तथा नृत्यमा रुचि रहेको छ । उनी गैर नाफा मुलुक संस्था योङ रुट्सका संस्थापक र संचालिका पनि हुन् ।