वन्यजन्तु हाम्रा गहना हुन्
समयसापेक्ष हुनुपर्छ भनेर पाठ्यक्रममा वन्यजन्तु र वातावरणका विषय समावेश गर्नुपर्छ भनेर कुरामा वकालत गरिरहेका छौं । नेपाल प्रहरीको क्राइम हेर्ने थुप्रै पिलरमध्ये वाइल्ड लाइफ हेर्ने छुट्टै पिलर पनि बनिसकेको छ ।

मलेसियाको क्वालालम्पुरमा आउँदो अक्टोबर २५ अर्थात् कार्तिक ८ गते संचालन हुने मिस कस्मोपोलिटन वल्र्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका तर्फबाट प्रिया रानी लामाले प्रतिस्पर्धा गरिरहेकी छिन् । विश्वका तीस बढी मुलुकका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेको सो प्रतियोगिताको हाल विभिन्न अवार्डको प्रतिस्पर्धा तथा अन्य गतिविधि संचालन भइरहेको छ ।
यस अघि प्रियाले भारतको नयाा दिल्लीमा संचालन भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । प्रतिस्पर्धामा उनले समग्रमा टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरेकी थिइन् ।
मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि विजेता रहिसकेकी प्रिया रानी लामा हाल मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन् भने उनी नेपाल वन् टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । विरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक गरेकी छिन् ।
प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएकी थिइन् भने उनी मिस नेपाल २०१५ पून: सहभागि भएकी थिइन् । पाँच फिट पाँच इन्ट उाचाईकी २८ वर्षिया प्रिया सक्षम फाउन्डेशनका सद्भावना दूत पनि हुन् ।