मिस ब्युटी आइकन

नारी संवाददाता

आश्विन ११, २०७६  

इटहरीकी १८ वर्षीया प्रेजिना नेपालले मिस ब्युटी आइकन–२०१९ को उपाधि जितेकी छिन् । इटहरीको विश्व आदर्श कलेजबाट भर्खरै प्लस टु सकेकी उनले प्रमुख निर्णायक हर्षिका श्रेष्ठले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै १० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । नेपालले मिस फ्रेन्डसिपको सब टाइटलसमेत हात पारिन् । उक्त अवसरमा १७ वर्षीया मनिला सिम्खडाले फस्ट रनर्सअपका साथै मिस बेस्ट वाक तथा मिस मल्टिमिडियाको उपाधिसमेत आफ्नो पोल्टामा पारिन् ।

यसैगरी निशा सुब्बाले सेकेन्ड रनर्सअपको उपाधि हात पारिन् । प्रतियोगिताको विधागत उपाधितर्फ मिस ट्यालेन्टमा इश्ना गुरुङ, मिस पब्लिक च्वाइसमा सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल तथा मिस फोटोजेनिकमा कशिस बस्नेत, मिस एथलेटिकमा समीक्षा अधिकारी तथा मिस पर्सनालिटीमा प्रतिमा राई विजेता रहे ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>