मिसेज नेपाल इन्टरनेसनल

नारी संवाददाता

आश्विन ११, २०७६

 

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेज नेपाल इन्टरनेसनल–२०१९ मा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेज नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको छ । उक्त प्रतियोगितामा भने गैरसरकारी संस्थामा कार्यरत स्नातकोत्तरकी विद्यार्थी भाविषा कोइराला चटौतले पाँचौं मिसेज नेपाल इन्टरनेसनलको उपाधि चुमेकी छिन् ।

विभिन्न पेसामा आबद्ध ३० जना विवाहित महिलाहरूबीच सम्पन्न प्रतियोगितामा भाविषाले फेसन आइकन शीर्षकको उपाधिसमेत हात पारिन् । प्रतियोगितामा रोजिना भट्टराई फस्ट रनर्सअप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप तथा बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप तथा बेस्ट र्‍याम्पवाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप तथा म्यानेजमेन्ट च्वाइस, कुश्मा देवी खाँड मल्ल मस्ट पपुलर तथा मस्ट फ्रेन्ड्ली एवं आश्मा तामाङ पब्लिक च्वाइस तथा मस्ट गर्जियस घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्