Successfully Copied

काठमाडौं मेडिकल कलेजमा जन्मिए चम्ल्याहा शिशु

काठमाडौं मेडिकल कलेज सिनामंगलमा (केएमसी) बुधबार चम्ल्याहा शिशुको जन्म भएको छ । बुधबार बिहान धनगढीकी खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी हुन् । खगित्रा शाहीलाई गर्भवती भएको १७ हप्तादेखि नै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उर्मिला कार्कीले हेर्दै आएकी थिइन् । 

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ती शिशुमा तीन छोरा र एक छोरी छन् । डा. उर्मिला तथा उनको टिमले शल्यक्रियामार्फत् बच्चा निकालेका थिए । सबै शिशुको अवस्था सामान्य रहेको डा. उर्मिलाले बताइन् । सामान्य तरिकाबाट बस्ने गर्भमा यस्तो हुनु दुर्लभ भएको डा. उर्मिलाले बताइन् । टेस्टट्युब बेबीका रुपमा भने यस्तो हुन सक्छ । 

जेनेटिक कारणले पनि एक भन्दा बढी शिशुको जन्म हुन सक्छ । ३४ हप्ता पुगपछि जन्मिएका कारण ती शिशुहरुलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमै राख्नुपर्छ । सामान्यत: नवजात शिशु जन्मदा साढे दुई किलो तौल हुनुपर्छ । खगित्राको यो भन्दा पहिले एक छोरी छिन् । केएमसीमा यसअघि जुम्ल्याहा तथा तिम्ल्याहाको जन्म भएपनि चम्ल्याहाको जन्म भने पहिलोपटक हो । 

 Image