निशालाई कल्चर वल्र्डमा उपाधि 

नारी संवाददाता

आश्विन ३, २०७६

गत सेप्टेम्बर ८ देखि १३ सम्म भियतनाममा सञ्चालित मिस्टर एन्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल–२०१९ मा निशा पाठक फस्ट रनर्सअप घोषित भएकी छिन् । यसअघि मिस ग्लोबल इन्टरनेसनल–२०१४ तथा मिस हेरिटेज इन्टरनेसनल–२०१५ मा थर्ड रनर्सअप भैसकेकी निशा मिस नेपाल–२०१९ की मिस कन्फिडेन्ट अवार्ड विजेता हुन् ।

यसैगरी प्रतियोगितामा सहभागी प्रवेश थापाले भने न्यू फेस अफ द इयरको एवार्ड जितेका छन् । डिजे आडामको नामले समेत परिचित थापा मोडल तथा म्युजिक प्रोड्युसर हुन् । मिस्टर एन्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल–२०१९ ग्रान्ड फिनाले भियतनामस्थित हो चि मि सहरमा सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्