कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियंकरले गरेका हुन् । रंगकर्मी आकांक्षा कार्कीको निर्देशनमा तयार भएको नाटक प्ले द सिस्टम नाटकमा प्रायः काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यंग्य गरेको छ । नाटकमा कलाकारहरु इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लले अभिनय गरेका छन् । नाटक यही असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मन्चन हुनेछ ।