पैसा जोगाउने पाँच ट्रिक्स

नारी संवाददाता

भाद्र २४, २०७६

    उपयोगी र ताजा ब्रान्ड रोज्दा ४० प्रतिशत रकम जोगिन्छ । अहिले मार्केटमा बुम भैरहेका सामग्रीको तुलनामा यी सामग्री सुलभ हुन्छन् ।

    प्रमोसनल सामग्री र कुपनमा ध्यान दिने । कतिपय मानिस यस्ता सामग्री कमसल वा मिति नाघेका हुन्छन् भनेर त्यति ध्यान दिँदैनन् तर छनोट गर्न जान्यो भने यी निकै लाभदायक साबित हुन सक्छन् ।

    विभिन्न ब्रान्ड तथा आउटलेटको मूल्य तुलना गर्ने । यसो गर्दा उही र उस्तै प्रकारका सामग्री सुलभ मूल्यमा प्राप्त हुन्छन् ।

    गिफ्ट कार्ड प्रयोग गर्दा १ सय रुपैंयाँको सामान ८० रुपैंयाँसम्ममा खरिद गर्न पाइन्छ । 

    क्यासब्याकको अवसर छोप्ने । कतिपय सपिङ मल, स्टोर तथा मार्टहरूमा कार्डद्वारा सपिङ गर्दा क्यासब्याक अफर दिइएको हुन्छ त्यसको उपयोग गर्न सकियो भने पनि केही पैसा जोगिन्छ ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्