Successfully Copied

हनी ग्लेज्ड चिकेन बनाउ यसरी

चिकेन ब्रेस्टलाई एउटै साइजमा काटेर नेपकिनको सहायताले पानी सोस्ने । कर्नफ्लोरमा मरिच मिक्स गरी चिकेनमा मिक्स गर्ने । प्यानमा तेल तताई चिकेनलाई खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा तेल हालेर १ चम्चा लसुन, हनी तथा सोया सस हालेर चिकेनलाई चलाउँदै पकाउने ।

हनी ग्लेज्ड चिकेन 

सामग्री : चिकेन ब्रेट आधा केजी, सोया सस १ चिया चम्चा, हनी (मह) ३ चिया चम्चा, हरियो खुर्सानी ४–५ वटा, हरियो प्याज १० ग्राम, कर्नफ्लोर २ चम्चा, मरिच एक चिम्टी, नुन स्वादअनुसार, तेल आवश्यकताअनुसार, लसुन १ चम्चा ।

विधि : चिकेन ब्रेस्टलाई एउटै साइजमा काटेर नेपकिनको सहायताले पानी सोस्ने । कर्नफ्लोरमा मरिच मिक्स गरी चिकेनमा मिक्स गर्ने । प्यानमा तेल तताई चिकेनलाई खैरो हुन्जेल फ्राई गर्ने । अर्काे प्यानमा तेल हालेर १ चम्चा लसुन, हनी तथा सोया सस हालेर चिकेनलाई चलाउँदै पकाउने । हरियो खुर्सानी तथा हरियो प्याज मसिनो गरी काटेर गार्नेस गर्ने ।

एमा डात्सी 

सामग्री : प्याज २ वटा, क्याप्सिकन २ वटा, गोलभेंडा २ वटा, बोडी ५–६ वटा, मोजोरोला चीज २ सय ग्राम, लसुन ५ ग्राम, नुन–मरिच स्वादअनुसार ।

विधि : पानीमा केही थोपा तेल हालेर प्याज, क्याप्सिकन, गोलभेंडा, बोडी तथा लसुन उसिन्ने । १५ मिनेटपछि त्यसमा मोजोरोला चीजसँगै नुन र मरिच हालेर एकछिन पकाउने । यो परिकार पुलाउ, भात वा चिउरासँग पनि खान सकिन्छ ।

पनिर ग्रेभी 

सामग्री : पनिर २ सय ग्राम, गोलभेंडा १ सय ग्राम, अदुवा र लसुन ५० ग्राम, प्याज १ वटा, खुर्सानी, बेसार तथा नुन स्वादअनुसार ।

विधि : पनिरलाई क्युब आकारमा काटेर खैरो हुन्जेल फ्राई गर्ने । मिक्सरमा गोलभेंडा, अदुवा, लसुन तथा खुर्सानीको पेस्ट बनाउने । एउटा प्यानमा प्याजलाई खैरो हुने गरी फ्राई गर्ने र मिक्सरमा तयार गरिएको पेस्ट हाल्ने । सानो आँचमा ग्रेभी भुट्ने र पानी अनि पनिर हालेर राम्रोसँग पकाउने ।

 

 Image