Successfully Copied

भिगन फुडको दुनियाँ

धार्मिक दृष्टिकोणले मात्र नभएर शारीरिक दृष्टिकोणले पनि अहिले संसारभर भिगन खाना लोकप्रिय बन्दै गएको छ ।



सेटन (सोयाबिन, राज्मा, सिताके च्याउ, क्वाँटीलाई भिजाएर किमा बनाई त्यसमा बिटरुटको जुसद्वारा कलर ल्याई बनाइने मासुजस्तै देखिने खाद्य सामग्री) भिगन खानाको मूल प्रोटिन स्रोत हो । मूलतः भिगनका हरेक परिकारमा सेटनको प्रयोग गरिन्छ ।

भिगन सेटन बिरयानी
सामग्री
सेटन, चामल, काँचो तोरीको तेल, सुकेको प्याज, सुक्मेल, ल्वाङ, तेजपात, सुकेको नरिवल, अलैंची, काजु, किसमिस, दालचिनी, अदुवा–लसुन, धनियाँ, टमाटर, स्वादअनुसार नुन र खुर्सानीको धूलो, बिरयानी मसला, गरम मसला, जिरा–धनियाँको धूलो र मिन्ट पत्ता ।
विधि
तोरीको काँचो तेल तताउने, प्याजलाई पेस्ट बनाएर तातेको तेलमा एकैछिन फ्राई गर्ने । त्यसपछि अदुवा–लसुनको पेस्ट, तेजपत्ता, टमाटरको पेस्टलगायत माथि उल्लेख गरिएका सबै मसला क्रमशः राखेर आगोको धिमा आँचमा केही समय पकाउने । यो स्टेपमा सबै मसलालाई बिस्तारै चलाउँदै पकाउनुपर्छ । अब फ्राई गरेको सेटन राखेर सानो आँचमा केही समय पकाउने । ८० प्रतिशत उसिनेर राखिएको चामललाई पाक्दै गरेको ग्रेभीमा तह–तह मिलाउँदै राख्ने र सबैभन्दा माथि काजु, किसमिस, नरिवल र मिन्ट पत्ता हालेर छोपिदिने । सानो आँचको आगोमा ५ मिनेटजति पकाएपछि भिगन सेटन बिरयानी तयार हुन्छ । स्वाद र स्वास्थ्यका हिसाबले उत्कृष्ट यो परिकार सर्भ गर्दा साइडमा सलाद, अचार, राइता राख्न सकिन्छ ।

सेफहरू: निरोज नेपाल र दिनेश खड्का

 Image