मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।

चिटिक्क मिलेको जिउडाल भएका युवतीहरुको सौन्दर्य प्रतियोगिताहरु माझ सबै किसिमको जिउडाल भएका युवतीहरुको सहभागितामा पहिलो मिस नेपाल कर्भी नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ ।
फरिया सेन्टर प्रा.लि.को आयोजनामा सम्पन्न भएको यो प्रतियोगिताको मंचन राजधानी शहरको ठमेलस्थित छायाँ सेन्टर सम्पन्न भएको थियो ।
तीस जना प्रतियोगिहरुको सहभागिता रहेको सो प्रतियोगितामा सोनल शर्माले मिस नेपाल युनिभर्स, अनुराधा ढुंगानाले मिस नेपाल वल्र्ड, सेविका बम्जन शाहीले मिस नेपाल अर्थ, माला कुमारी सुनारले मिस नेपाल इन्टरनेसनल तथा रक्षा प्रधानले मिस नेपाल सुप्रानेसनलको उपाधि जित्न सफल भएका थिए ।