सजिनालाई मिस एलिगेन्स अवार्ड
सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।
१६औं संस्करणको मिस तामाङ २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । मम्स इन्टरनेसनल नेपालको आयोजनामा संचालन भएको ग्राण्ड फिनाले रिया लामाले अकरण मिस तामाङ २०२४ को ताज पहिरिन सफल भइन् । एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी रियाले प्रतियोगितामा मिस ट्यालेन्टको अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा फस्ट रनर अप स्मृति योञ्जन तामाङले पचास हजार रुपैयाँ सेकेन्ड रनर अप अमृता लामा तामाङले तीस हजार तथा थर्ड रनर अप पेम्बा डोल्मा तामाङले दश हजार रुपैयाँ सहित ताज पहिरिन सफल भए । अमृताले मिस पर्सनालिटी र पेम्बाले मल्टिमिडियाको अवार्ड पनि जितेका थिए ।
तामाङ समुदायको मौलिक कला संस्कृति र जातियतामा केन्द्रित सो प्रतियोगितामा २५ जना तामाङ युवतीको सहभागिता रहेको थियो । फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा सृजना स्याङतान फोटोजेनिक, मिर्मा तामाङ वेष्ट ड्रेस, शुभेच्छा लामा पपुलर, अश्मी स्याङतान तामाङ ब्युटीफुल हेयर, सविना मोक्तान ग्रेस, ज्योति तामाङ वाक, सरिता तामाङ डिसिप्लीन, लोरियन योञ्जन फ्रेन्डशीप तथा याङसाल लामाले स्माइल विधाको अवार्ड जितेका थिए ।