Successfully Copied

मिष्टर एण्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल

सेप्टेम्बर ८ अर्थात आजबाट १३ सेप्टेम्बरसम्म भियतनाममा संचालन हुने ‘मिष्टर एण्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल २०१९’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फ प्रवेश थापा र निशा पाठकको सहभागिता जनाउँदै गरेका छन् । 

प्रतियोगितामा विश्वका विभिन्न मुलुकका सुन्दर सुन्दरीहरुसँग नेपालका प्रवेश र निशाले प्रतिस्पर्धा गरिरहेका छन् । डिजे आडामको नामले पनि चिनिएका प्रवेश थापा मोडल तथा म्युजिक प्रोड्युसर पनि हुन् । निशा संचारकर्मी हुनाका साथै फेसन कोरियोग्राफर तथा कार्यक्रम उद्घोषिका पनि हुन् । 

यस अघि मिस ग्लोबल इन्टरनेसनल २०१४ तथा मिस हेरिटेज इन्टरनेसनल २०१५ मा थर्ड रनर अप विजेता बनिसकेकी निशा मिस नेपाल २०१९ मा मिस कन्फिडेन्ट अवार्ड विजेता पनि हुन् । ि

मष्टर एण्ड मिस कल्चर वल्र्ड नेपाल र पूनम ब्युटी क्लबको संयुक्त प्रयासमा प्रवेश र निशाले मिष्टर एण्ड मिस कल्चर वल्र्ड इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएका हुन् ।  

 Image