‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
वरिष्ठ सौन्दर्यविद् आमा सोनी कारञ्जितको प्रेरणाबाट भारतमा कस्मेटिक साइन्स अध्ययनरत परिशी कारञ्जित मोडलिङमा सक्रिय रहँदै आएकी छिन् । आफू सानै छँदादेखि आमा सोनी कारञ्जितले ब्युटिपार्लरसम्बन्धी काम गर्दै आउनुभएको र आफूमा पनि सानैदेखि सौन्दर्यविद् बन्ने चाहना भएको हुँदा अहिले कस्मेटिक साइन्स पढ्न थालेको परिशी बताउँछिन् ।
रोज सीप विकास तालिम केन्द्रकी म्यानेजिङ डाइरेक्टर परिशीले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुका साथै फेसन सोहरूमा समेत आफ्नो कला प्रदर्शन गरिसकेकी छिन् । मास्टर डिग्री गर्न अझ दुई वर्ष बाँकी रहेको र त्यसपछि नेपालमै आएर सौन्दर्य क्षेत्रमा लाग्ने योजना बनाएकी परिशीले मोडलिङलाई समेत निरन्तरता दिने कुरा बताइन् ।