Successfully Copied

देउडा भाका फैलिँदै गएको छ -गायक जोसेफ

मोडलिङ गर्ने भन्ने मेरो कुरामा चाहिँ क्यामेराको अगाडि भिडियोमा देखिने कुरा मात्र होइन । मोडलले गीतका भाव र लयलाई राम्रोसँग बुझ्नुपर्छ ।


गायन क्षेत्रमा कसरी आउनुभयो ?

म दैलेखमा जन्मिएँ । त्यहाँको रहनसहन र लोकभाकामा हुर्किएँ । विद्यालयमा गीत–संगीत प्रतियोगितामा सहभागी हुन्थें । रेडियोमा पुराना गीत सुन्दै गायन क्षेत्रमा मोह बढेको हो । गीत–संगीतको रस सानैदेखि पसेको हो ।

 आफूले गाएको गीत सम्झनुपर्दा ?

आफूले गायको गीत मनपर्छ । तर मलाई चिनाएका गीत चाहिँ ‘मायाले नै हो पियारी’, ‘दरबारे माया’ हुन् ।

करिअरका रूपमै गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

पहिलोपटक आफ्नै शब्द र गजल गाएको थिएँ । खासै राम्रोसँग बजारमा ल्याउन सकिएन ।

अभिनयमा पनि रुचि छ कि ?

अभिनयमा त्यति रुचि छैन । मोडलिङ गर्ने भन्ने मेरो कुरामा चाहिँ क्यामेराको अगाडि भिडियोमा देखिने कुरा मात्र होइन । मोडलले गीतका भाव र लयलाई राम्रोसँग बुझ्नुपर्छ । शब्दको भाव मानिसले देख्दैन । त्यसकारण राम्रा कलाकारलाई मात्र मोडलिङमा समावेश गर्नुपर्छ । हामी गायकहरूले गीत–संगीतलाई नै कसरी न्याय दिने भनेर ध्यान दिन आवश्यक छ ।

कस्ता गीत गाउन मन पर्छ ?

लोकगीत, आधुनिक तथा देउडा गीत गाउन रुचाउँछु ।

गीत लेख्न के कुराले प्रेरित गर्छ ?

गीत यही कुराले लेखिन्छ भन्ने हँदैन । गीत लेख्नका लागि कहिले घटना र परिवेशले नै सिकाउँछ ।

पछिल्लो समय देउडा सुन्ने समूह कति छन् ?

सुदूरपश्चिमको मात्र भनिएको भाका देउडा पछिल्लो समय फैलिँदै गएको छ । देउडा गाउने शैली पनि परिवर्तन हुदैं गएको छ । गायकहरू पनि देउडामा रमाउन थालेका छन् ।

 Image