दसैंमा अफरको बहार
नेपालमा चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको किनमेलको अनुभव पनि फेरिँदै गएको छ । आधुनिक रूपमा विकास भइरहेको सुपरमार्केट र अनलाइन किनमेलले छिटो, छरितो र विविध विकल्प उपलब्ध हुन थालेका छन् ।
काठमाडौं स्कुल अफ मेकअप स्टुडियोले अनामनगरमा मेकअप स्टुडियो प्रोफेसनल आर्मस्टरडमसँगको सहकार्यमा मेकअप स्कुलको सुरुवात गरेको छ । उक्त स्कुलको उद्घाटन कोलकाताबाट आएकी मेकअप आर्टिस्ट नम्रता शर्माले गरेकी थिइन् भने शर्माले ब्राइडल मेकअपसम्बन्धी मास्टर क्लास पनि दिएकी थिइन् ।
चार दिन चलेको उक्त प्रशिक्षणमा देशका विभिन्न भागका ब्युटिसियनहरू सहभागी थिए । स्टुडियोकी म्यानेजिङ डाइरेक्टर मीना महतका अनुसार यहाँ अन्तर्राष्ट्रिय स्तरको मेकअपका साथै हेयर स्टाइलिङसम्बन्धी तालिमको समेत व्यवस्था छ ।