Successfully Copied

सुन्दर देखिन नयाँ प्रविधि

सुन्दर देखिन सामान्यतया गाजल, टीका, सिन्दूर अनि चुरापोतेजस्ता सामग्री प्रयोग गर्ने हाम्रा आमा–हजुरआमाको समयमा अहिले ठूलो परिवर्तन आइसकेको छ । माथि भनिएका सौन्दर्य सामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ ।

सुन्दर देखिन सामान्यतया गाजल, टीका, सिन्दूर अनि चुरापोतेजस्ता सामग्री प्रयोग गर्ने हाम्रा आमा–हजुरआमाको समयमा अहिले ठूलो परिवर्तन आइसकेको छ । माथि भनिएका सौन्दर्य सामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउने मात्र होइन सधै जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन् । 

अस्ट्रेलियाको सिड्नी ब्युटी स्कुलबाट सौन्दर्यका पछिल्ला प्रविधि अध्ययन गरेर नेपाल फर्किएकी कस्मेटिक ट्याटु आर्टिस्ट तथा हेयर स्पेशलिस्ट सान्द्रा पुन भन्छिन्–‘सौन्दर्य जगत् विशाल र कल्पना बाहिरको छ । हामी थोरै नेपाली मात्र भर्खरै यसमा सक्रिय हुँदैछौं । यदि हामीले यससम्बन्धी ज्ञान र सूचना प्राप्त गर्न सक्यौं भने हामी सधै सुन्दर देखिनुका साथै आफ्नै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुन्छौं । महिलाका लागि यो व्यवसाय सुरक्षित र सहज छ ।’

अहिले नेपालमा त्यस्ता थुप्रै ब्युटी क्लब, स्टुडियो तथा स्लिमिङ सेन्टरहरूले सेवा प्रदान गरिरहेका छन् जसले शरीर घटाउनेदेखि शरीरको सेप निकाल्ने, छालालाई आकर्षक देखाउने, केशै नभएकाहरूको केश उमारेर लहराउँदो केशको रहर मेटिदिने, साना आँखा भएकाहरूलाई ठूलो र आकर्षक आँखा बनाइदिने, बाक्लो तथा लोभलाग्दो आँखीभौं र आइल्यासेस सिर्जना गर्ने यस्ता स्थानमा दक्ष विशेषज्ञ र पछिल्ला प्रविधि देख्न पाइन्छ । 

नेपाल तथा दुबईमा नेल आर्ट र एक्सटेन्सनको काम गरिरहेका सुनीलजंग मल्लका अनुसार अहिले नङ बनाउनेहरूको संख्या ५० प्रतिशतले बढेको छ । ‘केही समयअघि आर्टमा माक्र सीमित यो कला अहिले जेल, एत्रेलिक हुँदै मार्बल डिजाइनसम्म आइपुगेको छ ।’ टिजङ्स नेपाल एन्ड दुबईका सिइओ तथा नेल आर्टिस्ट मल्लले भने–‘नेलमा अहिलेको लेटेस्ट प्रविधि भनेको मार्बल डिजाइन हो जुन बढी एक्रेलिकमा गरिन्छ तर जेलमा पनि गर्नै नमिल्ने होइन ।’ 

लिड हेयर रिप्लेसमेन्ट टेक्नोलोजी राजेश विक्रम शाहका अनुसार यस्ता फरक खालका सेवाले मुलुकको जनशक्तिलाई थप जुझारु, आत्मविश्वासी र उत्पादनमुखी बन्न सघाउँछ । व्यावसायिक जीवनमा आफ्नो लुक्सका कारण पछाडि छोडिएका र छोडिन लागेका धेरैलाई राजेशको सेवाले आत्मविश्वास दिलाएको छ । शाह भन्छन्–‘करियर उँचो राख्न व्यक्तिगत लुक्सको पनि धेरै ठूलो महत्व हुन्छ । व्यक्तित्वलाई बलियो बनाउने भनेको आउट लुक्स नै हो । हामी केश बुन्ने होइन मानिसको सपना बुन्छौं र त्यसलाई साकार पार्छौं ।’ 

कस्मेटिक डर्माटोलोजिस्ट डाक्टर शिरपा बज्राचार्यलाई सुन्दर देखिनु आधा काम फत्ते गर्नु हो भन्ने लाग्छ । विशेषतः छालालाई कसरी यौवन, सुन्दर र सदाबहार राख्ने भन्ने काममा कार्यरत यी डर्माटोलोजिस्ट जवान देखिँदा जवानीकै जस्तो जोस–जाँगर र फुर्ती आउने दाबी गर्छिन् जसको प्रभाव सम्बन्धित व्यक्तिको काम, करियर तथा स्टामिनामा समेत पर्छ ।

 

 Image