‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
हालसालै गरिएको अनुसन्धानअनुसार ५० वर्षसम्म महिला तथा पुरुषको छालामा उस्तै प्रभाव परे पनि त्यसपछि महिलामा तीव्र गतिले उमेरको असर देखापर्न थाल्छ । पुरुषमा भने त्यसपछि बुढ्यौलीको प्रभाव सुस्त हुन्छ ।
भियना युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले उक्त कुरा पत्ता लगाएका हुन् । उनीहरूले २६ देखि ९० वर्षका ८८ जना महिला तथा पुरुषलाई आफ्नो अध्ययनमा समावेश गरेका थिए । अध्ययनका क्रममा कम्प्युटरको सहायताले उनीहरूका अनुहारका छ सयवटा भिन्दाभिन्दै खण्डको विश्लेषण गरिएको थियो ।
साधारणतया ५० वर्षको उमेरपछि महिलाको महिनावारी सुक्छ । यतिबेला शरीरमा इस्ट्रोजन हार्मोन कम हुने भएकाले अनुहारमा मुजा देखापर्न थाल्छ । यसले गर्दा उमेरको असर तीव्र रूपमा देखिन्छ भने अनुहारको बोसोसमेत घट्छ ।
अनुसन्धानअनुसार महिलाहरूमा वृद्ध उमेरको प्रभाव ५० वर्षमा तीव्र रूपले हुन थाल्छ र ६० वर्षको उमेरपछि त्यस्तो प्रभाव पुनः कम हुन्छ । त्यसपछि बिस्तारै चिउँडोको छेउछाउको छाला खुम्चन थाल्छ ।