कमब्याक उषा

नारी संवाददाता

भाद्र ३, २०७६

आठ वर्ष लामो किर्गिस्तान बसाइपछि कलाकार उषा रजक पुनः अर्को कुरुक्षेत्रमार्फत रंगमञ्चमा देखापरेकी छिन् । नाट्यकर्मी अशेष मल्लको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘अर्को कुरुक्षेत्र’ को शीर्ष भूमिकामा अभिनय गरिरहेकी उषा आफूलाई अहिले पनि दर्शकहरूले उत्तिकै माया गरेको देखेर दंग छिन् ।

एक्टर स्टुडियोकी विद्यार्थी उषा चलचित्रको तुलनामा थिएटर बढी प्रभावकारी हुने भएकाले नाटकमार्फत कमब्याक गरेको बताउँछिन् ।

उषाले कागबेनी, कुसुमे रुमाल–२, इकु आदि चलचित्रमा अभिनय गरेकी थिइन् । यूएनडीपीको आकर्षक जागिर तथा सुविधा छाडेर नेपाल आएकी उषा नेपालमै अभिनय यात्रालाई निरन्तरता दिने योजनामा छिन् । उषा भन्छिन्–लामो समय अभिनयबाट टाढिएँ, तर अब उत्कृष्ट र प्रेरणादायक काम गरेर देखाउन चाहन्छु । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>