Successfully Copied

घरलाई शीतलता दिन

डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ । गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ । कार्पेटले बढी गर्मी महसुस गराउँछ । पुराना फर्निचरलाई नयाँ लुक दिन हलुका एवं चम्किला रंगले रंगाउनु पर्छ । पुराना खैरो रंगका कुर्सी–टेबलमा नीलो अथवा हरियो

समअनुसार घरको सजावटमा पनि परिवर्तन ल्याउन सकिन्छ । गर्मीमा फ्लोरल प्रिन्टका फेब्रिक बढी चल्छन् । हलुका र चम्किला रंगका पर्दा तथा तन्ना प्रयोग गरी घरमा नयाँपन ल्याउन सकिन्छ । गाढा रंगका तन्ना र पर्दाको साटो फ्लोरल प्रिन्ट र हलुका रंगका बेडसिट एवं पर्दा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सोफामा नयाँपन ल्याउन चम्किला रंगका फ्लोरल प्रिन्टका कुसन एवं तकिया प्रयोग गर्न सकिन्छ ।

गर्मीबाट जोगिन पूरै पर्दा खोलेर बस्न रुचाउनेहरूले झालर अथवा विड्सका माला झुन्ड्याउन सक्छन् ।

फ्लावर पटमा सजिएका फूलले आँखालाई शीतलता प्रदान गर्छन् । सुन्दर फ्लावर पट किनेर त्यसमा दिनहुँ ताजा फूल राख्दा घर सुन्दर देखिनुका साथै मन पनि रमाउँछ । गर्मीमा पहेंला तथा सुन्तला रंगका फूलले घरलाई अझ सुन्दर देखाउँछन् ।

डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ ।

गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ । कार्पेटले बढी गर्मी महसुस गराउँछ ।

पुराना फर्निचरलाई नयाँ लुक दिन हलुका एवं चम्किला रंगले रंगाउनु पर्छ । पुराना खैरो रंगका कुर्सी–टेबलमा नीलो अथवा हरियो रंग लगाउन सकिन्छ ।

घरलाई सुगन्धित तुल्याउन सुगन्धित मैनबत्ती, अगरबत्ती अथवा रुम फ्रेसनर प्रयोग गर्नु उपयुक्त सकिन्छ ।

गर्मीमा हलुका तथा चम्किला रंगका पेन्टिङ झुन्ड्याएर पनि घरलाई आकर्षक बनाउन सकिन्छ ।

 Image