गायिका सिता केसीको तीज गीत “सैं नाच्यो” बोलको गीत सार्वजनिक भएको छ । गायिका केसी नेपाली सांगीतिक क्षेत्रमा मलाई अमेरिका यहिँ मलाई जापान पनि यहिँ बोलको गीतबाट उदाएकी हुन् ।
गायिका सिता केसीको तीज गीत “सैं नाच्यो” बोलको गीत सार्वजनिक भएको छ । गायिका केसी नेपाली सांगीतिक क्षेत्रमा मलाई अमेरिका यहिँ मलाई जापान पनि यहिँ बोलको गीतबाट उदाएकी हुन् ।
यस गीतमा सितालाई गायक कृष्ण केसीले गायनमा साथ दिएका छन । कृष्ण केसीले संगीत र एरेन्ज गरेको गीतमा प्रयास मगरको शब्द रहेको छ । गीतमा गायिका के सीसँगै लोमश शर्मा र मिनुज राना मगरले अभिनय गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफ तथा निर्देशन गरेको यस भिडियोलाई करण चैसिरले खिचेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ । गीतलाइ गायिका केसीले आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरेकी छन् ।
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
असोज २० गते नेपालमा प्रिमियर हुँदै डकुमेन्ट्री ‘द अनसाइलेन्स्ड’
वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ।