Successfully Copied

बुहारी पनि छोरीनै हुन

‘छोरी जान्छन्, बुहारी आउँछन् । जीवन बिताउनुपर्ने बुहारीसँगै हो ।’ कल्पना भन्छिन्–‘मेरी छोरीले स्कर्ट लगाओस्, ज्वाईं सहयोगी परून् भन्ने सोच्नेले बुहारीका लागि पनि उही कुरा किन लागू नगर्ने ? आखिर उनी पनि त छोरी नै हुन् ।’  

कल्पना पाँडे, निर्देशक तथा प्रिन्सिपल प्राइम–टाइम प्रि स्कुल 

अश्लेषा राणा पाँडे, मेकअप आर्टिस्ट 

‘छोरी जान्छन्, बुहारी आउँछन् । जीवन बिताउनुपर्ने बुहारीसँगै हो ।’ कल्पना भन्छिन्–‘मेरी छोरीले स्कर्ट लगाओस्, ज्वाईं सहयोगी परून् भन्ने सोच्नेले बुहारीका लागि पनि उही कुरा किन लागू नगर्ने ? आखिर उनी पनि त छोरी नै हुन् ।’

३२ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा त्रियाशील कल्पना पाँडे शिक्षा र एक्सपोजरको प्रभाव सम्बन्धमा पनि पर्ने कुरा बताउँछिन् । चाहे जुनसुकै सम्बन्ध निर्वाह गर्न किन नहोस् शिक्षा, चेतना र समझदारी महत्वपूर्ण तत्व हुन् भन्ने उनलाई लाग्छ । ईर्ष्यालु र आपसी सम्बन्धलाई बुझ्दै नबुझ्ने स्वभाव भयो भने जुनसुकै सम्बन्ध समाप्त हुन बेर लाग्दैन । कल्पना भन्छिन्–‘उहिलेको समय, समाज, शिक्षाको स्तरलगायत थुप्रै कुराको प्रभावले सासू–बुहारीबीचको सम्बन्धलाई गलत व्याख्या गरियो र अहिलेसम्म मानिसहरूले यसलाई उहिलेको उस्तै रूपमा बुझे ।’ मोडलिङमा समेत नाम कमाएकी मेकअप आर्टिस्ट बुहारी अश्लेषा राणा कहिलेकाहीँ वादविवाद र अन्तर्क्रिया त आफ्नै आमा र श्रीमान्सँग पनि हुन्छ, सासूसँग भएको कुरालाई मात्र किन इस्यु बनाउने भन्ने तर्क दिँदै भन्छिन्–‘मनभित्र इगो, रिस र ईर्ष्या नराख्ने हो भने सम्बन्ध सधै तरोताजा र रमाइलो हुन्छ ।’ 

बुहारी भएर भित्रिएको केही समय अलि अप्ठ्यारो लागे पनि अहिले कर्मघर जन्मघरभन्दा कम नरहेको अश्लेषा बताउँछिन् । उनलाई यति बजे उठ्नुपर्छ, यो काम बुहारीले गर्नुपर्छ, यो लगाउनु हुँदैन भन्ने छैन । उनी शतप्रतिशत स्वतन्त्र जीवन बाँचिरहेकी छिन् । त्यसमा उनलाई सासूको पूर्णरूपमा सहयोग छ । कल्पना पनि छोरा–बुहारीको खुसीका लागि पार्टी, डिनर तथा मुभी जान सुझाउँछिन् । उनी भन्छिन्–छोराले माया गर्ने साथी पाओस् भन्ने सोच्थें । अहिले हामीलाई समेत अत्यन्तै माया गर्ने बुहारी पाउँदा अत्यन्त खुसी छु ।’ 

एक–आपसमा खुलेर कुरा गर्दा यो सम्बन्ध स्वार्थरहित हुन्छ भन्ने अश्लेषालाई मनभित्र कुरा गाढेर वा दबाएर राख्यो भने त्यसको परिणाम गलत निस्कन्छ भन्ने लाग्छ । उनलाई दुईमध्ये एकजना मात्रै पनि अप्ठ्यारो परिदिएको भए सम्बन्ध राम्रो नहुन सक्थ्यो तर आफूहरू दुवै एक–अर्कालाई बुझ्ने र आ–आफ्नो ठाउँमा रहेर सम्मान गर्ने भएकाले कति कुरा भाग्यमा लेखेर पनि ल्याउनुपर्दो रहेछ अनि मात्र यस्तो पाइन्छ भन्ने लाग्छ । मोडलिङ हुँदै मेकअप आर्टिस्टका रूपमा कार्यरत अश्लेषाको स–साना कुरामा पनि खुसी हुने स्वभाव कल्पनालाई निकै मन पर्छ । 

सासूले आफ्नो इच्छा बुझिदिएर सोहीअनुसारको व्यवहार गर्दा अश्लेषा निकै भावुक हुन्छिन् । न्यूयोर्कमा सासू–बुहारीले मात्र बिताएको स्मरणीय समय उनीहरूको जीवनमा निकै महत्वपूर्ण भएको यी सासू–बुहारी बताउँछन् । ‘छोरी जान्छन्, बुहारी आउँछन् । जीवन बिताउनुपर्ने बुहारीसँगै हो ।’ कल्पना भन्छिन्–‘मेरी छोरीले स्कर्ट लगाओस्, ज्वाईं सहयोगी परून् भन्ने सोच्नेले बुहारीका लागि पनि उही कुरा किन लागू नगर्ने ? आखिर उनी पनि त छोरी नै हुन् ।’  

अश्लेषाका बारेमा कल्पना

खाना : सालमोन, कम तैलीय खानेकुरा ।

मुभी : लभ स्टोरी ।

कस्मेटिक्स : मेकअप फर एभर ।

श्रीमान्लाई बोलाउँदा : बु ।

अश्लेषाले मीठो पकाउने परिकार : चिकेन फ्राइड ।

मनपर्ने अङ्ग : नाक र स्वभाव ।

छोरालाई : धेरै माया गरिदिए पुग्छ ।

अश्लेषाको नजरमा कल्पना

बानी : समझदार, शिक्षित तथा मायालु ।

पहिरन : पाइन्ट एवं टप्स ।

एसेसरिज : फिंगर रिङ ।

मोबाइल स्क्रिन लक : १९६६ ।

सँगै जाने इच्छा : त्रुजमा ।

 Image