अनमोलले पहिरिन् मिस पिंक नेपाल २०२४ को ताज
पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तीकरणमा केन्द्रित मिस पिंक नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिंक नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् ।
भारतको चर्चित रियालिटी शो ‘अब गाएका मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वरमा ‘मनमा छ कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । माधव भण्डारीको शब्द, संगीत तथा संगीत सायोजन रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षाका साथमा मिकेश पौडेल फिचर्ड छन । भिडियोमा बिमल राई र महेश थापाको कोरियोग्राफी, रामेश्वर जिरेलको छायााकन, र बन्दे प्रसादको सम्पादन रहेको छ । गीत जती सुमधुर छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
सुमधुर स्वरकी धनी सुदिक्षाका यस भन्दा अगाडि केही भजन अनि गीतहरु बजारमा आएका छन । करिब तीन बर्षको उमेर देखी नै गीत गाउन थालेकि सुदिक्षाले थुप्रै रियालिटी शोहरु पनि जितेकी छिन् । कक्षा ९ मा अध्ययनरत सुदिक्षा आफ्नो पारिवारिक माहौल नै गीत संगीत भएकोले आफु पनि सानै देखी गीत संगीतमा लाग्न प्रेरित भएको बताइन ।
गीतको म्यूजिक भिडियो :