Successfully Copied

मेरो जीवन सिकाइको यात्रा हो

मेरो जीवन सिकाइको यात्रा हो । हरेक मोडमा मैले जीवन जिउन सिकेजस्तो लाग्छ तर जीवन हरेक क्षण नयाँ बनेर झुल्किन्छ । जीवनले जे–जति चुनौती अगाडि ल्याउँछ त्यसले मलाई अझ परिपक्व बनाएको छ, थप खुसी भरेको छ । समग्रमा म आफ्नो जीवनसँग खुसी छु । 

रिमा विश्वकर्मा /सञ्चारकर्मी तथा कलाकार

मेरो विश्वास : मेरी आमा ।

मेरो प्रेरणा : रियल लाइफ फाइटरहरू ।

मेरो आशा : समुन्नत नेपाल । 

मेरो करियर : प्रोग्रेसिभ ।

मेरो कर्म : मेरो धर्म । 

मेरो समर्पण : व्यक्तित्व विकासमा ।

मेरो प्रेम : प्रकृति, संगीत, साहित्य तथा मेरा साथीभाइ ।

मेरो इच्छा : आफ्नो वृत्ति विकास, समयअनुकूल परिमार्जित हुने ।

मेरो आदर्श : वास्तविक जीवनका चुनौती जित्नेहरू ।

मेरो बलियो पक्ष : मेरो संवाद कला ।

मेरो आकांक्षा : यात्रा ।

मेरो घर : मेरो खुसी । 

मेरो कमजोरी : बेस्ट गिभिङ नेचर ।

मेरो दृढता : चुनौतीप्रति ।

मेरो सोच : फराकिलो ।

मेरी आमा : मेरो संसार । 

मेरो परिवार : मेरो घर । 

मेरो भरोसा : नजिकका साथीहरू । 

मेरो जीवन : मेरो जीवन सिकाइको यात्रा हो । हरेक मोडमा मैले जीवन जिउन सिकेजस्तो लाग्छ तर जीवन हरेक क्षण नयाँ बनेर झुल्किन्छ । जीवनले जे–जति चुनौती अगाडि ल्याउँछ त्यसले मलाई अझ परिपक्व बनाएको छ, थप खुसी भरेको छ । समग्रमा म आफ्नो जीवनसँग खुसी छु । 

 Image