दुई विश्वसुन्दरीले गरे विवाह
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे
सबै विदेशी मोडल पालै–पालो र्याम्पमा क्याटवाक गर्दै निस्किए । गत साता अमेरिकाको टेक्सास राज्यको आर्लिङटनमा सम्पन्न फुड फन तथा फेसन फेस्टिबलमा नेपाली मूलकी बिना श्रेष्ठ पनि क्याटवाक गरिरहेकी थिइन् ।
गर्मीका विभिन्न पहिरन प्रस्तुत गर्ने क्रममा श्रेष्ठले इभिनिङ गाउन, वानपिस, पेन्ट, टिर्सट आदि पहिरन प्रस्तुत गरेकी थिइन् । उक्त शोमा ७० जना अमेरिकी मोडल सहभागी थिए ।
श्रेष्ठ अडिसनमार्फत उक्त फेसन शोका लागि छानिएकी थिइन । फेसन शोको सहभागितापछि श्रेष्ठले साप्ताहिकसँग भनिन्— ‘यति ठूलो फेसन शोमा भाग लिने अवसर पाएँ, यसलाई ठूलो उपलब्धि मानेकी छु ।’