दुई दिने 'काठमाडौं उत्सव 'को पहिलो संस्करण फागुन १६ देखि
काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।
सबै विदेशी मोडल पालै–पालो र्याम्पमा क्याटवाक गर्दै निस्किए । गत साता अमेरिकाको टेक्सास राज्यको आर्लिङटनमा सम्पन्न फुड फन तथा फेसन फेस्टिबलमा नेपाली मूलकी बिना श्रेष्ठ पनि क्याटवाक गरिरहेकी थिइन् ।
गर्मीका विभिन्न पहिरन प्रस्तुत गर्ने क्रममा श्रेष्ठले इभिनिङ गाउन, वानपिस, पेन्ट, टिर्सट आदि पहिरन प्रस्तुत गरेकी थिइन् । उक्त शोमा ७० जना अमेरिकी मोडल सहभागी थिए ।
श्रेष्ठ अडिसनमार्फत उक्त फेसन शोका लागि छानिएकी थिइन । फेसन शोको सहभागितापछि श्रेष्ठले साप्ताहिकसँग भनिन्— ‘यति ठूलो फेसन शोमा भाग लिने अवसर पाएँ, यसलाई ठूलो उपलब्धि मानेकी छु ।’