प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नेपाली रंग पत्रकारितामा कहलिएको नाम हो – गीता अधिकारी । लामो समयदेखि नेपाली रंग पक्रकारितामा सत्रिय अधिकारी पत्रकारिता बाहेक अन्य क्षेत्रमा पनि सक्रिय छिन् । बेला बेला विभिन्न सामाजिक सेवामा समेत देखिने अधिकारीको यो वर्षको तीको तयारी थालेकी छिन् ।
अघिल्लो वर्षको तीजको छेको पारेर औपाचारिक रुपमा गीति लेखनमा आएकी अधिकारीले यो वर्ष पनि गीत निकाल्ने भएकी छिन् । ‘आउ नाचौँ संगी हो’ बोलको सार्वजनिक गीतमा गीता आफैले अभिनय गरेकी छिन् ।
अधिकारीको शब्द रचना रहेको उक्त गीतमा अभिनेत्री तथा गायिका सारिका घिमिरेले आवाज दिएकी छिन् । गीतमा योगेश काजीको सङ्गीत रहेको छ । उक्त गीतको हाल म्यूजिक भिडियो छायांकनको काम सकिएको छ । नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायांकन गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा गीतकार अधिकारीका साथमा अभिनेत्री पुजना प्रधानले कम्मर मर्काएकी छन् । केही दिनभित्र गीतको म्यूजिक भिडियो रिलिज गर्ने तयारी गरेको अधिकारीले बताएकी छिन् ।