Successfully Copied

नेपाली टिनएजरको अर्न्तराष्ट्रिय उपलब्धि 

गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका, किशोरकिशोरी तथा विवाहित महिलाहरु सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा सहभागि भएका नेपाली किशोर किशोरीहरुलाई विभिन्न अवार्ड प्राप्त भएको छ ।

गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका, किशोरकिशोरी तथा विवाहित महिलाहरु सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा सहभागि भएका नेपाली किशोर किशोरीहरुलाई विभिन्न अवार्ड प्राप्त भएको छ । सो फेस्टिभल अन्तर्गतको प्रतियोगितामा नेपालबाट द फेसन ईरा नामक संस्थाको संयोजन र व्यवस्थापनमा सहभागि भएका उनीहरुलाई अवार्ड प्राप्त भएको हो । 

सो कार्यक्रममा एरी तुलाधर मिस साउथ इष्ट एशिया इन्टरनेसनल तर्फ फस्ट रनर अप बनिन् भने रमेश मगर मिष्टर प्रि टिन इन्टरनेसनल तर्फ फस्ट रनर अप । यसैगरी इन्टरनेसनल टिन मिस एशिया अफ द इयर तर्फ मानशी तामाङ फस्ट रनर अप बनिन् भने इन्टरनेसनल टिन मिष्टर अफ द इयर तर्फ अनिश श्रेष्ठ, प्रि टिन एशिया प्यासिफक प्रिन्सेस् तर्फ प्रतिष्ठा, टिन एशिया प्यासिफिक तर्फ ज्वाला राई र मिष्टर टिन इन्टरनेसनल तर्फ युवराज गुरुङ फस्ट रनर अप छानिएका थिए ।

यसैगरी प्रि टिन एशिया प्यासिफिक प्रिन्स तर्फ धीरज राई, टिन एशिया प्यासिफिक प्रिन्स तर्फ अनिश के.सी. र मिष्टर टिन इन्टरनेसनल ब्राण्ड एम्बेसडर तर्फ साश्वत महर्जन सेकेन्ड रनर अपका रुपमा पुरस्कृत भएका थिए । सहभागि सबै जना द फेसन ईराको आयोजनामा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०१९ अन्तर्गत विभिन्न उपाधि विजेताहरु हुन् ।

 Image