Successfully Copied

महिला उद्यमशीलताको क्षेत्रमा लाग्नेछु 

मैले महिला उद्यमशीलताको क्षेत्रमा काम गर्ने लक्ष्य लिएकी थिएँ । व्यवस्थापनकी छात्रा भएकीले मेरो रुचि बिजनेसमै छ । नेपालमा महिलाहरूलाई साथ लिएर व्यवसायमा लाग्नेछु । जसले नेपाली अर्थतन्त्रलाई समेत सहयोग पुर्‍याउनेछ ।

मिस नेपाल अर्थ–२०१९ को उपाधि जित्न सफल भइन्–बीबीए उत्तीर्ण  रिया बस्नेत । उनी अहिले मिस अर्थका लागि तयारीमा जुटेकी छिन् । 

बाल्यकालमा निकै लज्जालु

स्कुल पढ्दा म निकै लज्जालु खालकी विद्यार्थीमा गनिन्थें । एकदमै नबोल्ने, मानिसहरूसँग टाढा–टाढा भाग्ने, कसैसँग घुलमिल नहुने स्वभावकी थिएँ तर पढाइमा भने सधै टप ५ मा आउँथें । 

खेलकुदमा अब्बल

जति नै लज्जालु भए पनि खेल्न भने अघि सर्थें र जित्थें पनि । बास्केटबल र ब्याडमिन्टनमा कलेज लेबलसम्मको गोल्ड मेडल जितेकी छु । घरमा पनि बास्केटबल खेल्ने वातावरण थियो । सम्भवतः बिजनेस नपढेकी भए म राम्रो खेलाडी हुन्थें तर अहिले रुचिकै कारण मात्र खेल्छु । 

आमाको रहरका लागि मिस नेपाल

मामुले सधैं उहाँको पालामा मिस नेपाल प्रतियोगिता हुने भएको भए भाग लिएर जित्थें भनेर उत्साहित बनाउनुहुन्थ्यो । मामुको रहरकै कारण मैले मिस नेपालमा भाग लिएकी हुँ । अन्यथा बिजनेस पढेको मान्छे किन यहाँ आउँथें र ?

मिस नेपालबाट परिवर्तन 

ममा धेरै किसिमको परिवर्तन आयो । मैले आफूलाई परिपक्व भएको महसुस गर्न थालेकी छु । आज मेरो आवाज धेरैले सुन्छन् । मलाई धेरैले चिनेका छन् भने मेरो आगामी प्रतियोगिताका लागि सबै जनाले सचेत भएर हेरिरहेका हुन्छन् । 

मिस अर्थको तयारी 

पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देलसँग जानकारी र सल्लाह लिइरहेकी छु । उक्त प्रतियोगितामा क्लाइमेट चेन्जको इस्युले महत्व पाउँछ । त्यसैले म क्लाइमेट चेन्जको कोर्स गर्दैछु । नेपाल पनि जलवायु परिवर्तनको चपेटामा छ । यही विषयमा आधारित भएर मिस अर्थको तयारी गर्नेछु । 

भविष्यको योजना

मैले महिला उद्यमशीलताको क्षेत्रमा काम गर्ने लक्ष्य लिएकी थिएँ । व्यवस्थापनकी छात्रा भएकीले मेरो रुचि बिजनेसमै छ । नेपालमा महिलाहरूलाई साथ लिएर व्यवसायमा लाग्नेछु । जसले नेपाली अर्थतन्त्रलाई समेत सहयोग पुर्‍याउनेछ ।

 Image