Successfully Copied

बर्जरले छान्यो विजेताहरू

नेपालमा सन् २००० देखि सजावटी रंग उत्पादन गर्दै आएको बर्जर जोन्सन एन्ड निकल्सन (नेपाल) ले आफ्नो ग्राहक योजना अभियान बर्जर पेन्ट एक्सप्रेसका विजेताहरूको नाम घोषणा गरेको छ ।

नेपालमा सन् २००० देखि सजावटी रंग उत्पादन गर्दै आएको बर्जर जोन्सन एन्ड निकल्सन (नेपाल) ले आफ्नो ग्राहक योजना अभियान बर्जर पेन्ट एक्सप्रेसका विजेताहरूको नाम घोषणा गरेको छ ।

बर्जर पेन्ट्स नेपालमा सजावटी रंगहरूमा अग्रणी रहँदै आएको छ । यसले सधै नवीनतम खोजका उत्पादनहरू बजारमा प्रस्तुत गर्ने गरेको छ भने उत्साहवर्द्धक ग्राहक योजनामार्फत ग्राहकहरूलाई अनुपम कोसेली प्रदान गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ ।

बर्जरको पेन्ट एक्सप्रेस योजना २०७५ सालको दसैं–तिहारलाई लक्षित गरेर संचालन गरिएको थियो । यो योजनाअन्तर्गत बर्जर पेन्ट्सका ग्राहकहरूले छानिएका मुख्य ब्रान्डहरू खरिद गर्दा १०० वर्ग फिटसिल्कइलुसनडिजाइनर फिनिसको पक्कापक्की उपहारका साथै गोलाप्रथा र डिजिटल प्रतियोगितामार्फत अन्य आकर्षक नगद पुरस्कारहरू जित्ने अवसर पाएका थिए ।

योजनामा सहभागी ७ हजार ५ सयभन्दा बढी घरधनीमध्येबाट २० जना विजेताको नाम हालै एक प्रत्यक्ष प्रसारण कार्यक्रममा गोलाप्रथामार्फत सार्वजनिक गरिएको थियो । त्यसमा बुटवलका अर्जुन अर्यालले ५ लाखको बम्पर लक्की ड्र जितेका छन् भने काठमाडौंका कृष्णबहादुर सन्त्याल पुन तथा नारायणगढका दिनेश श्रेष्ठले १–१ लाख हात पारेका छन् । यो योजनाअन्तर्गतकै डिजिटल प्रतियोगितामा काठमाडौंका रोशन थापा तथा विराटनगरका सुरेश कटवालले १ लाख रुपैयाँको प्रथम नगद पुरस्कार जितेका छन् । 

 Image