फिल्म अगस्त्य च्याप्टर १ को गीत सार्वजनिक (भिडियो सहित)
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
अभिनेत्री नम्रता श्रेष्ठले हालसम्म अभिनय गरेका चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरिरहेकी छिन् । उनले अभिनय गरेका प्रायः सबै चरित्रलाई दर्शकले मन पराएका छन् । यतिबेला उनी खेलाडीका रूपमा दर्शकमाझ आउने तयारी गर्दैछिन् ।
भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जाइरामा उनको लुक्स नै भिन्न देखिएको छ । छोटो कपाल तथा पातलो ज्यानमा उनी साँच्चिकै खेलाडी देखिएकी छिन् । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ ।
आशुतोषराज श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि तथा रेमनदास श्रेष्ठ महत्वपूर्ण भूमिकामा छन् । यही चलचित्रबाट रजतपटमा आउन लागेकी नयाँ अनुहार श्रृजना रेग्मीले पनि चलचित्रमा खेलाडीकै भूमिका निर्वाह गरेकी छिन् ।