Successfully Copied

असार महिनाको राशिफल  

व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न जिम्मेवारी पूरा गर्नुका साथै सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । संयमित भएर नहडबडाई काम गर्नुपर्ने समय छ । १२ गतेपछि समय सहज हुँदै जानेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै आपसी माया एवं समझदारी कायम रहनेछ

मेष

कुनै काम विशेषले यात्रा हुनसक्छ । पारिवारिक खुसीका निम्ति केही खर्च गर्नुपर्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ । बैंक ब्यालेन्स वृद्धि हुनेछ । व्यावसायिक क्षेत्रबाट धन लाभ पनि होला । जग्गा जोरिने सम्भावनासमेत छ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । मनमा प्रसन्नता छाउनेछ । छोराछोरीहरूबाट सुख एवं सन्तोष प्राप्त हुनेछ । 

वृष    

व्यक्तिगत काममा सफलता हात पर्नेछ । पारिवारिक मेलमिलापमा वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । विभिन्न सामग्रीको जोहो हुनेछ । काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्नेछ । कतै जाँदा वा यात्रा गर्दा मालसामानको राम्रो ख्याल गर्नुहोला । टाउको एवं आँखा दुख्ने योग भएकाले स्वास्थ्यमा सजग रहँदै प्रशस्त पानी सेवन गर्नुहोला । कसैबाट कुनै कुराको अपेक्षा नराखे अनावश्यक तनावबाट जोगिन सकिन्छ । 

मिथुन        

व्यस्तताले भरिपूर्ण महिना छ । विभिन्न जिम्मेवारी पूरा गर्नुका साथै सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । संयमित भएर नहडबडाई काम गर्नुपर्ने समय छ । १२ गतेपछि समय सहज हुँदै जानेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै आपसी माया एवं समझदारी कायम रहनेछ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । 

कर्कट

साथीसंगीहरूसँग रमाइलो भेटघाट गर्ने अवसर जुट्नेछ । आफ्नो इच्छानुसार किनमेल गर्ने मौका मिल्नेछ । परिवारका सदस्यहरूले तपाईंको इच्छा एवं चाहनाको ख्याल गर्नेछन् । अनावश्यक खर्च हुनसक्छ । सकेसम्म आफ्नो कार्य आफै गर्ने प्रयास गर्नुपर्नेछ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्न सक्छ तसर्थ बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला । 

सिंह

मान–सम्मान प्राप्त हुनुका साथै सबैले तपाईंको सुखदुःखको ख्याल गर्नेछन् । विभिन्न कुरामा लाभ उठाउन सकिन्छ । आफ्नो इच्छानुसार काम गर्ने एवं समय बिताउने अवसर जुट्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि चङ्गा रहला । अनपेक्षित विवाद हुनसक्ने भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला । एक–अर्काको भावना बुझी सम्मानपूर्वक आफ्नो दायित्व पूरा गरे दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुखमय रहनेछ । 

कन्या     

सबै काम सोचेअनुरूप सहज ढंगले सम्पन्न हुँदै जानेछन् । श्रीमान्बाट पनि तपाईंको इच्छा एवं चाहनाको ख्याल गरिनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । प्रतिस्पर्धीहरूले तपार्इंको जति नै रिस गरे पनि बिगार भने गर्न सक्ने छैनन् । तपाईंको वाकपटुता, काम गर्ने शैली एवं कर्तव्यपरायणता देखेर सबै छक्क पर्नेछन् । 

तुला

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । काम गर्दा सानातिना समस्या आए पनि त्यसको समाधान अवश्य निस्कनेछ । दाजुभाइ–दिदीबहिनीहरूसित कतै घुमघाम गर्ने मौका जुट्नसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक लाभ हुनेछ भने आकस्मिक उपहारसमेत प्राप्त हुनसक्छ । सबैद्वारा तपार्इंको इच्छाको ख्याल गर्ने प्रयास गरिनेछ । 

वृश्चिक 

कुनै कुराले गर्दा मनमा उत्सुकता एवं डर पैदा हुनसक्छ । धैर्य धारण गर्दै सकारात्मक रही कार्य गरे सबै कुरा सहज हुँदै जानेछन् । कुनै विशेष कार्यमा सफलता हात पर्नेछ । आर्थिक लाभ हुनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । प्रायः सबैले तपार्इंको इच्छालाई मध्यनजर गर्दै कार्य गर्नेछन् । पारिवारिक खुसीका निमित्त कहिलेकाहीँ सानोतिनो कुरामा सम्झौता पनि गर्नुपर्ने हुनसक्छ । 

धनु

कुनै कुराले तपार्इंलाई व्यस्त बनाउला । सानोतिनो कुराका लागि पनि दौडधूप गर्नुपर्ला । टाउको, आँखा एवं पेट दुख्ने योग भएकाले आफ्नो स्वास्थ्य एवं खानपानमा सचेत रहनुहोला । अपेक्षाअनुसार नै काम सम्पन्न हुँदै जानेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । आफ्नो जिम्मामा भएको काम राम्रोसँग पूरा गर्न सके सम्भावित अपजस टर्नसक्छ । मनमा प्रसन्नता छाउनेछ । 

मकर

समस्याहरू समाधान हुनेछन् । योजनानुरूप कार्यहरू सफल हुँदै जानेछन् । मनमा भएको तनाव हटेर शरीरमा स्फुर्ती बढ्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । घरमा विभिन्न सामग्रीको जोहो हुनेछ । साथीसंगीहरूसित रमाइलो जमघट हुनसक्छ । कुनै कुरामा प्राप्त सफलताले मन औधी रमाउनेछ । दाम्पत्य जीवनको माया एवं समझदारी कायमै रहनेछ । 

कुम्भ        

काममा सफलता हात पर्नेछ । जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । नयाँ एवं पुराना साथीसंगीहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया, सहयोग एवं समझदारी कायम रहनेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत काममा पनि सफलता हात पार्न सकिनेछ । 

 

मीन

कुनै कुरालाई लिएर घरमा छलफल हुनसक्छ । आफ्ना प्रियजन एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुर्नेछ । आफ्नो इच्छानुसार काम गर्न पाइनेछ । व्यक्तिगत खुसीका लागि केही खर्च होला । कामको सिलसिलामा यात्रा गर्नुपर्ला । नवीन वस्त्र एवं आकस्मिक उपहार प्राप्तिको सम्भावना छ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । एक–अर्काको मनोभाव बुझेर काम गरे दाम्पत्य जीवन सुखमय रहनेछ । 

 

 Image