Successfully Copied

पाङ्ग्रा  एक्सप्रेसका पेय

नायिका ऋचा शर्माले काठमाडौंको शेर्पा मलमा फास्टफुड रेस्टुरेन्ट पाङ्ग्रा एक्सप्रेस संचालनमा ल्याएकी छिन् । बसको सेपमा किचेन तयार गरेर खाने स्थानमा गाडीका पाङ्ग्रा प्रयोग गरिएका मेच–टेबलले युवापुस्तालाई आकर्षित गरिरहेको छ ।

नायिका ऋचा शर्माले काठमाडौंको शेर्पा मलमा फास्टफुड रेस्टुरेन्ट पाङ्ग्रा एक्सप्रेस संचालनमा ल्याएकी छिन् । बसको सेपमा किचेन तयार गरेर खाने स्थानमा गाडीका पाङ्ग्रा प्रयोग गरिएका मेच–टेबलले युवापुस्तालाई आकर्षित गरिरहेको छ । यो रेस्टुरेन्ट छिटो, सस्तो र मीठो खानेहरूका लागि लक्षित गरिएको ऋचाले बताइन् । 

 

– ऋचा शर्मा

नायिका तथा सञ्चालक

पाङ्ग्रा एक्सप्रेस, शेर्पा मल

म्यांगो मसला एक्सप्रेस

सामग्री : म्यांगो जुस १ सय ८० मिलिलिटर, लेमन जुस १५ मिलिलिटर, पुदिनाको २ वटा पात, बिरेनुन ४ ग्राम, जलजिरा पाउडर ८ ग्राम तथा आइसक्युब १० वटा । 

विधि : म्यांगो जुस, लेमन जुस, बिरेनुन, जलजिरा पाउडर तथा आइसक्युबलाई जुसरमा ब्लेन्ड गरी ग्लासमा राखेर माथिबाट पुदिनाको पातले गार्नेस गर्ने ।

 Image