Successfully Copied

कला क्षेत्रमा सबैभन्दा धेरै महिलाका समस्या छन्

अभिनेत्री रेखा थापाले कलाकार संघमा महिला नेतृत्वको आवश्यकता रहेको बताएकी छिन् । कला क्षेत्रमा धेरै समस्या महिलाका रहेको उल्लेख गर्दै अभिनेत्री थापाले संघमा महिला नृतृत्वको आवश्यकता रहेको बताएकी हुन् । 

अभिनेत्री रेखा थापाले कलाकार संघमा महिला नेतृत्वको आवश्यकता रहेको बताएकी छिन् । कला क्षेत्रमा धेरै समस्या महिलाका रहेको उल्लेख गर्दै अभिनेत्री थापाले संघमा महिला नृतृत्वको आवश्यकता रहेको बताएकी हुन् । 

मंगलबार राजधानीमा कलाकार सरिता लामिछानेले गरेको पत्रकार सम्मेलनमा अभिनेत्री थापाले उक्त कुरा बताएकी हुन् । सरिता लामिछानेले संघमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि उत्पन्न तनावका विषयमा जानकारी दिन पत्रकार भेटघाटको आयोजना गरेकी थिईन् ।

सोही अवसरमा सरितालाई समर्थन गर्न उपस्थित भएका थापाले महिला कलाकारले आफ्ना समस्या पुरुषहरुलाई सुनाउन नसक्ने भन्दै उनीहरुका समस्या समाधानका लागि पनि महिला नृतृत्वको आवश्यकता औंल्याएकी हुन् । 

कलाकार सरिता लामिछानेले आफू महिला भएकै कारण नेतृत्वमा विवाद खडा गरिएको उल्लेख गरिन् । लामिछानेले अध्यक्ष पदमा उम्मेदवारी दिएाँगै उनी कलाकार नै होईनन् भनी परेको उजुरी पछि यस अघिनै हुने भनिएको कलाकार संघको चुनाव स्थगीत भएको थियो । 

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरेकी थिईन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । 

सरिताको प्रश्न थियो–‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ गाडी नम्बर टिप्ने, घर अगाडी आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनको भनाई छ ।

उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन्–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिस्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् ।

 

 Image