Successfully Copied

कलाकार संघको अध्यक्षमा सरिताको उम्मेदवारी

नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महा–सचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् ।

नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महा–सचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् । अध्यक्ष पदकै लागि अभिनेता रवीन्द्र खड्का प्रतिस्पर्धामा उक्रिएका छन् । 

लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रवीन्द्र खड्का भने कला क्षेत्र छाडेर राजनीतिमा सत्रिय जीवन बिताउँदै आएका कलाकार हुन् । कलाकार संघको यस पटकको चुनावमा सरिता लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने उनका प्रतिस्पर्धी रवीन्द्र खड्काले भने पार्टीगत उम्मेदवारी दिएको बताइएको छ । 

यस अघि गत चैत्र २३ गते हुने भनिएको चुनाव स्थगीत भएको थियो । 

 

 Image