Successfully Copied

त्रिशूली नदीमा र्‍याफ्टिङ

नुवाकोटमा बढ्दो गर्मीका बीच चिसो पानीमा तैरँदाको मज्जा बेग्लै हुन्छ । त्यसैले पनि त्रिशूलीको स्वच्छ पानीमा र्‍याफ्टिङ गर्न रमाउने पर्यटकहरू बढिरहेका छन् । त्रिशूली नदीको तल्लोभाग धादिङ र चितवन क्षेत्रमा जलयात्राको राम्रो सम्भावना पनि छ ।

रसुवाको पर्यटकीय उत्तरगया गाउँपालिकाको पैरेबेंसीको खाल्टे बगरदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैंसेको त्रिशूली जलविद्युत् केन्द्रको हेटगेटसम्मको जलयात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ । झन्डै पाँच किलोमिटर लामो उक्त जलयात्रा डेढ घण्टामा सम्पन्न गर्न सकिन्छ । काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा पर्ने भएकाले त्रिशूली नदीको खाल्टेदेखि भैंसेसम्मको क्षेत्रलाई जलयात्राका लागि छुट्याउनुपर्ने सांसद बहादुरसिंह लामा बताउँछन् ।

जलयाक्राका लागि त्रिशूली क्षेत्र अतित्रमण हुन नहुने सम्बद्ध व्यक्तिहरू बताउँछन् । त्रिशूली नदीमा निश्चित क्षेत्र जलयात्राका लागि छुट्याउन सके जलचर प्राणीको संरक्षण एवं वातावरण स्वच्छ राख्नसमेत सहयोग पुग्नेछ । 

 Image