बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
दुई सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका पुष्प खड्काले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेका थिए । निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र दर्पण छायाँ–२ को मुख्य भूमिका निर्वाह गरे पनि ती दुवै चलचित्रबाट उनको कुनै परिचय स्थापित हुन सकेन ।
पुष्पलाई चलचित्रमा सफल हुनु थियो, उनले हार खाएनन्, चलचित्र मंगलम्मा उनले प्यारालाइसिस भएका युवकको भूमिका निर्वाह गरेका थिए जसमा उनको अभिनयको चौतर्फी प्रशंसा भयो । करिअरको टर्निङ प्वाइन्ट बनेर आएको ‘मंगलम्’ पछि उनले आफ्नो करिअरमा पछाडि फर्किएर हेर्नुपरेको छैन । महको दाल भात तरकारीमा उनको प्रमुख भूमिका रह्यो ।