Successfully Copied

आफ्नै भोगाइ मेरो प्रेरणाको स्रोत

म लेख्नकै लागि जन्मिएकी हुँ । लेख्नका लागि हरमूल्य चुकाउन सक्छु र चुकाएकी पनि छु । मेरा लागि लेखन रहर होइन, साधना र मोक्षको अर्को नाम हो । अहिले म आफैंले रोजेको जीवन बाँचिरहेकी छु, खुसी छु । 

सरस्वती प्रतीक्षा

साहित्यकार

मेरो प्रेरणा : आफ्नै भोगाइ ।

मेरो आशा : पठन संस्कृतियुक्त समाज । 

मेरो करियर : अप्ठ्यारो तर रोमाञ्चक ।

मेरो कर्म : मेरो प्यासन । 

मेरो समर्पण : छोराप्रति ।

मेरो प्रेम : पुस्तक ।

मेरो इच्छा : आफैलाई ईर्ष्या लाग्ने कृति जन्माउनु ।

मेरो आदर्श : माया एन्जेलो ।

मेरो बलियो पक्ष : जुझारु स्वभाव ।

मेरो आकांक्षा : समृद्ध र शान्त नेपाल ।

मेरो विश्वास : मुखुन्डो नलगाई बाँच्नु पो बाँच्नु । 

मेरो कमजोरी : अत्यधिक संवेदनशील । 

मेरो दृढता : जोखिम मोलेर काम गर्नु ।

मेरो सोच : अराजक ।

मेरी आमा : निःसर्त मायाकी स्वरूप । 

मेरो परिवार : मेरो शक्ति । 

मेरो भरोसा : आफैमाथि । 

मेरो सन्तान : मेरो खुसी । 

मेरो जीवन : म लेख्नकै लागि जन्मिएकी हुँ । लेख्नका लागि हरमूल्य चुकाउन सक्छु र चुकाएकी पनि छु । मेरा लागि लेखन रहर होइन, साधना र मोक्षको अर्को नाम हो । अहिले म आफैंले रोजेको जीवन बाँचिरहेकी छु, खुसी छु । 

 Image