Successfully Copied

महिलाका लागि सौन्दर्य कला आवश्यक : वर्षा शिवाकोटी

लगनखेलमा ‘मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा खुलेको छ । नायिका बर्षा सिवाकोटीले उक्त शाखाको उद्घाटन गरेकी हुन् । बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले सो पार्लर संचालनमा ल्याएकी हुन् । 

भक्तपुर सूर्यविनायकमा मुख्य पार्लर रहेको मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने यो तेश्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताइन । 

उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । उनले भनिन्, ‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ ।

त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाजको सेवा सुबिधा लिन मा आतुर छु । र मायाजले नाम जस्तै सबैको माया पाओस्  ।’ 

पार्लरले नायिका सिवाकोटीका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुबिधा निशुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको ब्यबस्ता गरेको छ । 

 Image