Successfully Copied

समुन्नत भविष्यका लागि ध्यान

शरीर मन, विचार र भावनाको सन्तुलनमा रहनु नै योग हो । चित्तलाई एकाग्र गर्नु पनि योग नै हो । योग शरीरको व्यायाम मात्र होइन । यसलाई महर्षि पतञ्जलिले अष्टाङ्ग योगमा राम्रोसँग प्रस्ट्याउनु भएको छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि अष्टाङ्ग योग हुन् । 

योग के हो ?

शरीर मन, विचार र भावनाको सन्तुलनमा रहनु नै योग हो । चित्तलाई एकाग्र गर्नु पनि योग नै हो । योग शरीरको व्यायाम मात्र होइन । यसलाई महर्षि पतञ्जलिले अष्टाङ्ग योगमा राम्रोसँग प्रस्ट्याउनु भएको छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि अष्टाङ्ग योग हुन् । 

अहिलेको परिप्रेक्ष्यमा बालबालिकाका लागि समेत ध्यान अपरिहार्य छ । यसका लागि ध्यान के हो बुझ्नु जरुरी हुन्छ । आफ्नो थाहा पाउने क्षमता बढाउने विज्ञान अथवा आफ्नो आन्तरिक गुण तथा क्षमतालाई प्रत्यक्ष अनुभव गर्ने कला ध्यान हो । 

बालबालिकाहरूका लागि ध्यान किन आवश्यक छ ?

कतिपय बालबालिका लक्ष्यविहीन भएर हिँडिरहेका छन् । साथीभाइको लहलहैमा लागेर गलत लतमा फसेका छन् । अभिभावक तथा शिक्षकको उद्देश्य पूर्तिका लागि आफू दोधारमा परेका छन् र त्यही कारणले आफ्नो क्षमतालाई चिन्न नसकेर तनावमा छन् । कतिपयले आफ्नो सानो असफलताका कारण आत्महत्यासमेत गर्छन् । यसकारण आफ्नो आन्तरिक गुण तथा क्षमता थाहा पाउन एवं आन्तरिक शक्ति बढाउन ध्यानको आवश्यकता छ । 

ध्यानका फाइदा के–के छन् ? 

राम्रो निद्रा लाग्छ । पाचनप्रणाली सुचारु हुन्छ । आलस्य हटाउँछ । स्मरणशक्ति वृद्धि गर्छ । सकारात्मक सोच आउँछ । आत्मबल र आत्मविश्वासका साथै निर्णय क्षमता बढ्छ । दयालु स्वभावको बनाउँछ । रिस उठ्ने बानीबाट मुक्ति पाइन्छ । राम्रो चरित्र निर्माण हुन्छ । चेतनाको विकास गर्छ । ऊर्जा प्राप्त हुन्ट । खराब लत छुटाउन पनि ध्यान उपयोगी माध्यम हो । 

दिनको कति समय ध्यान गर्नुपर्छ ? कुन उमेरदेखि ध्यान गर्न सकिन्छ ? 

नियमित रूपमा दैनिक ध्यान गर्नु उपयुक्त हुन्छ । १० देखि १५ मिनेट ध्यान गर्दा पनि दिनभरिका लागि ऊर्जा प्राप्त हुन्छ । ध्यानका लागि बिहानको समय उपयुक्त मानिन्छ । यद्यपि समय नभ्याए जुनसुकै समयमा पनि ध्यान गर्न सकिन्छ । ध्यानका लागि उमेरको कुनै बन्देज छैन । सबै उमेरकाले ध्यान गर्न सक्छन् ।

ध्यानको सजिलो विधि

    आरामसँग चकटीमा पलेटी कसेर बस्ने । 

    मेरुदण्डलाई सीधा राख्ने । 

    दुवै हातको बूढीऔंला र चोरऔंलाको टुप्पो जोडेर घुँडामाथि राख्ने । यसलाई ज्ञानमुद्रा भनिन्छ । 

    आँखा हल्का बन्द गर्ने र श्वासलाई लामो र गहिरो बनाएर बिस्तारै भित्र लिने । त्यस्तै लामो र गहिरो बनाएर बिस्तारै श्वास बाहिर छोड्ने । 

    १० मिनेट मात्र यो विधि अवलम्वन गर्दा पर्याप्त फाइदा हुन्छ । 

आफ्नो समयअनुसार यसलाई बढाउन सकिन्छ । 

सानो उमेरदेखि नै बालबालिकालाई ध्यान गर्न सिकाए उनीहरूको व्यक्तित्वमा निखार आउँछ । यसबाट शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सकिन्छ । ध्यानले बालबालिकाहरूको जीवन सक्रिय बनाई समग्र जीवन नै समुन्नत तुल्याउँछ । 

नर्मिला केसी, पूर्व बैंकर्स, योग शक्षिक, जीवन वज्ञिान

 Image