मन पर्ने रंगअनुरूप स्वभाव
वैशाख २५, २०७६
पहेंलोजसको फेभरेट कलर एलो हुन्छ उनीहरू अत्यन्त व्यवस्थित हुन्छन् । यही स्वभावका कारण उनीहरू वरपरका सबै वस्तु व्यवस्थित राख्न रुचाउँछन् ।
उनीहरूलार्ई त्यस्ता व्यक्ति मन पर्छन् जो आफूजस्तै व्यवस्थित स्वभावका हुन्छन् ।
यिनीहरू मोज–मस्ती गर्न रुचाउँछन् । त्यसैले उनीहरूलार्ई आफूजस्तै मानिसको साथ चाहिन्छ । उनीहरू सधैं हँसमुख रहन्छन् ।
उनीहरू सोच–विचार नगरी निर्णय गर्दैनन् वा कुनै निष्कर्षमा पुग्दैनन् ।
पहेंलो रंग मन पराउने व्यक्ति अल्छी पनि हुन्छन् । उनीहरूलार्ईधेरै काम गर्न मन लाग्दैन ।
उनीहरूको स्वभाव सकारात्मक र आशावादी हुन्छ ।
त्यति फेसनेबल हुँदैनन् ।
जीवनप्रति उनीहरूकोदृष्टिकोण सकारात्मक हुन्छ तैपनि कतिपय अवस्थामा जोखिम उठाउनुपर्ने हुन्छ ।
नीलो
यो रंग मन पराउने व्यक्ति बहुमुखी प्रतिभाका धनी हुन्छन् । ।
आफ्नो जीवनलार्ई आफ्नै नियम र मूल्य–मान्यताअनुसार अघि बढाउँछन् । यद्यपि कहिलेकाहीँ आफ्ना नियम एवं मूल्य–मान्यतामा समेत परिवर्तन ल्याउँछन् ।
आफू वरपरका मानिसलार्ई खुसी राख्न जान्दछन् ।
केही रुढिवादी हुन्छन् । यसकारण नयाँ प्रयोग तथा नयाँ कुरालार्ई सहज रूपमा स्वीकार गर्दैनन् ।
कसैमाथि चाँडै विश्वास पनि गर्दैनन् ।
अत्यन्तै शान्त स्वभाव हुन्छ तर हरेक स–साना कुरामा चिन्ता गर्छन् ।
यिनीहरूलार्ई सुखी जीवन अत्यन्त मनपर्छ । आफ्नो यही बानीका कारण महँगा वस्तुतर्फ आकर्षित हुन्छन् ।
नीलो रंग मन पराउने व्यक्तिहरू अरूमाथि निर्भर हुन वा कसैको सहयोग लिन रुचाउँदैनन् ।
कालो
एक्लै बस्न मन लाग्छ ।
एक्लै बसे पनि मनमा निराशा छाउँदैन ।
आफ्नो भावनालार्ई अरूसामु सहज रूपमा व्यक्त गर्दैनन् ।
कालो रंग मन पराउनेहरूलार्ई आफ्नो मान–सम्मान एवं प्रतिष्ठाको निकै चासो हुन्छ ।
स्वतन्त्र विचारधाराका हुन्छन् । त्यसैले स्वतन्त्र रहन रुचाउँछन् ।
स्वभावले रिसालु हुन्छन् । आफ्नो पोजिसनसित खेलवाड गरेको पटक्कै मन पराउँदैनन् । त्यसैले त्यस प्रकारका मानिससित पनि टाढै रहन खोज्छन् ।
सेतो
यो रंग शालीनताको प्रतीक हो । जसको फेभरेट कलर सेतो हुन्छ उनीहरूलार्ई शालीन जीवन जिउन मन लाग्छ ।
सादा जीवन र उच्च विचार मन पराउँछन् । कतिपय अवस्थामा मुडी खालका हुन्छन् ।
उनीहरूलार्ई अरूमाथि निर्भर हुन मन लाग्दैन ।
भीडभाडभन्दा पनि एक्लै बस्न रमाउँछन् ।
हरेक काम योजनाबद्ध तरिकाले पूरा गर्छन् ।
लामो समयसम्म आफ्नो परिवार तथा मित्रजनसित रिसाएर बस्न सक्दैनन् ।
लजाउने स्वभावका कारण धेरै जनासित मित्रता राख्दैनन् ।
झैझगडा तथा प्रतिस्पर्धाबाट टाढै रहन्छन् तर अरूको आलोचना गर्न पनि पछि हट्दैनन् ।
खरानी
सेतो र कालो रंगको संयोजनबाट तयार हुने भएकाले यसमा दुवै रंगको विशेषता हुन्छ ।
जसको फेभरेट कलर ग्रे हुन्छ उनीहरू जीवनको खुसी, समस्या आदिलार्ई गम्भीरतापूर्वक लिँदैनन् ।
सम्झौतावादी स्वभावका हुन्छन् ।
पार्टी, समारोह आदिमा सेन्टर अफ अट्रेक्सन बन्न रूचाउँदैनन् ।
सही समयमा सही निर्णय गर्न नसक्नु नै यिनीहरूको सबैभन्दा ठूलो कमजोरी हुन्छ ।
न कसैको साथ लामो समयसम्म कायम राख्न रुचाउँछन्, न कसैसँगको मित्रता र वैरभाव नै मन पर्छ ।
हरियो
कुनै पनि काम विचारै नगरी हतारमा गर्छन् ।
सोच सकारात्मक हुन्छ ।
बहस गर्नु र जित्नु यिनीहरूको विशेषता हो ।
जोखिम उठाउन त्यति रुचाउँदैनन् । त्यसैले हरेक काममा सतर्कता अपनाउँछन् ।
रातो
जसको फेभरेट कलर रातो हुन्छ, उनीहरू शारीरिक रूपमा सक्रिय तथा उत्साहित हुन्छन् ।
यिनीहरूलार्ई का म गर्न अत्यन्त मन लाग्छ ।
हिम्मत, साहस एवं हौसलाको कमी हुँदैन । जीवनका हरेक चुनौती डटेर सामना गर्छन् ।
उनीहरूको लक्ष्य स्पष्ट हुन्छ । आफ्नो लक्ष्य पूरा गर्न कुनै पनि हदसम्म जान सक्छन् ।
यिनीहरूको सबैभन्दा ठूलो कमजोरी रिस हो ।
धैर्यको पनि कमी हुन्छ । त्यसैले हरेक काम हतारमा गर्छन् ।
पिंक
यो रंग रुचाउने मानिस आन्तरिक रूपमा अत्यन्त कोमल र हँसिला हुन्छन् ।
अत्यन्त कम बोल्ने, भावुक, संकोची र लज्जालु हुन्छन् ।
सेन्सेटिभ, फ्रेन्डली र केयरिङ नेचरका हुन्छन् ।
अन्तर्मुखी स्वभावका कारण उनीहरूलार्ई समाजमा घुलमिल हुन समय लाग्छ ।
गाढा मित्रतालार्ई जीवनभर निर्वाह गर्छन् ।
खैरो
यो कलर मन पराउने मानिसहरू अत्यन्त इमान्दार हुन्छन् ।
आफ्नो जीवनदेखि खुसी एवं सन्तुष्ट रहन्छन् ।
प्रदर्शन गर्ने बानी हुँदैन ।
जिम्मेवारीपूर्वक काम गर्छन् अनि परिवारप्रति पूर्णरूपमा समर्पित हुन्छन् ।
सम्बन्धलार्ई राम्रोसँग निर्वाह गर्न सक्छन् ।
ठूल्ठूला सपना देख्छन्, तर ती सपनाका पछाडि भाग्दैनन् ।
पर्पल
यो रंग कमै मानिसको फेवरेट हुन्छ ।
यो रंग रुचाउने मानिसहरू परोपकारी हुन्छन् । आफ्ना बारेमा भन्दा अरूका बारेमा बढी सोच्छन् ।
अत्यन्तै संवेदनशील हुन्छन् ।
स्वतन्त्र विचारधाराका हुन्छन् ।
आफ्नो जीवनमा अरू कसैको हस्तक्षेप मन पराउँदैनन् ।
सुस्त गतिमा काम गर्नु उनीहरूको विशेषता नै हुन्छ । त्यसैले पार्टी वा कुनै समारोहमा कहिल्यै समयमा पुग्दैनन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्