Successfully Copied

‘फेसन फ्रम होम २०१९’ आयोजना हुने  

स्वदेशी उत्पादन प्रवद्धनका लागी फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा ‘फेसन फ्रम होम २०१९’ नामक फेसन शो हुने भएको छ । 

स्वदेशी उत्पादन प्रवद्धनका लागी फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा ‘फेसन फ्रम होम २०१९’ नामक फेसन शो हुने भएको छ । 

काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा एफबिपिडब्लु नेपालले आगामी जेष्ठ ४ गते काठमाडौंको होटल याक एण्ड यती मा उक्त फेसन सो गर्न लागिएको जनाकारी दिइयो । सो मा प्रयोग हुने सबै उत्पादन नेपाली मात्रै हुनेछन् ।  च्यारिटी डिनर सहितको फेशन शो ले स्वदेशी उत्पादन, उद्यमशीलता, व्यावसायिकरण तथा सशक्तिकरणमा लागेका उद्यमीहरुलाई प्रोत्साहन आयोजकको दावी छ ।  

विश्वभरका १ सय १० मुलुकमा रहेको फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालकी अध्यक्ष अम्विका श्रेष्ठले यस संस्थामा कामकाजी महिलाहरु नै आबद्ध भएकाले देशभित्र नमुना र उत्कृष्ट काम गर्दै आएको जानकारी दिदैं आफुहरु प्रचारमा भन्दा पनि लो प्रोफाइलमा बसेर गुणस्तरीय तथा उल्लेखनिय काम गर्दै आइरहेको बताइन् ।

सन् १९३० मा नेपालमा पनि स्थापना भएको यस संस्थाले महिला सशक्तिकरण र उद्यमशिल विकासमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको र नविन अवधारणायुक्त थुप्रा काममा सफलता हांसिल गरिरहेको श्रेष्ठको तर्क भयो । 

स्वदेशी सामाग्रीहरुको प्रर्वद्धनका लागी हुन गईरहेको ‘फेसन फ्रम होम २०१९’ ले उद्यमशील महिलाहरुलाई अझ सशक्त भएर अघि बढ्न हौशला मिल्ने आयोजक पक्षको विश्वास छ । यसले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान संगै संयुक्त राष्ट्रसंघको दिगो विकाशका लक्ष्यलाई समेत समेटेर अगाडी बढेको उल्लेख छ ।  

मुख्यत नेपाली उत्पादनको प्रर्बद्धनका लागी फेसन को आयोजना गर्न लागिएको कार्यक्रम संयोजक प्रतिमाया पुनले बताइन् ।  

सम्मेलनमा फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालकी महासचिब मंगला कारंजितले स्वदेशी उत्पादनको प्रवद्धन र महिलालाई उद्यमशील बनाउने कार्यमा अझm सशत भएर अघि बढ्ने बताएकी थिइन् ।

कार्यक्रममा करिब ३० वटा हस्तकलाका स्टलमा स्वदेशी कपडा, हातबुना नेपाली पहिरन, उनीका   सामग्रीहरु, उपहार सामग्रीहरु, स्वदेशी डिजाइनका गरगहनाहरु, नेपालीकाष्ठ तथा कला–कौशलका सामग्रीहरु लगायत प्रांरङगिक  खानाका स्टलहरु राखिने विज्ञप्तीमा उल्लेख छ ।

शो ले नेपाली महिलाको सीप संरक्षण गर्नुका साथै उद्यमशीलता र व्यापार व्यवसायमा सहभागी हुने अवसर दिनेछ भने नेपाली बजारमा देखिएको बढ्दो विदेशी बस्तु प्रतिको मोह र प्रवृति हट्ने विश्वास आयोजकले गरेको छ । 

 Image