बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
स्कूल प्रिन्सेस् नेपाल २०१९ शीर्षकमा स्कूल अध्ययनरत छात्राहरुको सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सिनियर समूहमा सरिना गुरुङ र जुनियर समूहमा गरिमा शाहीले स्कूल प्रिन्सेस् नेपाल २०१९ को ताज पहिरिन सफल भएका छन् ।
प्रतियोगितामा मेन्दो तामाङले स्कूल एम्बेसडर नेपाल, दृष्टि गुरुङले स्कूल प्रिन्सेस् स्टार तथा सामना खत्रीले स्कूल प्रिन्सेस् आइकनको उपाधि जित्न सफल भएका थिए । प्रतियोगिता निशा आचार्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।