‘प्राकृतिक र आइभीएफद्वारा जन्मिएका शिशुमा केही फरक हुन्न’
आइभीएफपछि जन्मिएका बच्चामा केही कमजोरी हुन्छन् कि भन्ने आम सोच छ तर त्यस्तो होइन, यो गलत हो । अहिलेका आइभीएफद्वारा जन्मिएका बच्चा अझ स्मार्ट र सक्रिय देखिएका छन् ।
नियमित ओखर सेवन गर्दा डिप्रेसनको खतरा कम हुनुका साथै एकोहोरो हुने समस्या पनि समाधान हुन्छ । अमेरिकामा गरिएको अध्ययनबाट यो कुरा पत्ता लागेको हो । क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरूले नियमित ओखर खाने मानिसमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने उल्लेख गरेका छन् ।
अध्ययनअनुसार ओखर खाँदा शरीरमा ऊर्जा प्राप्त हुनुका साथै एक्लोपनबाट पनि मुक्त हुन सकिन्छ । अध्ययनमा २६ हजारभन्दा बढी युवालाई सहभागी गराइएको थियो । ओखरको सेवनले क्यान्सरलगायत मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्न मद्दत गर्छ ।
यसको सेवनले कोलस्ट्रोल पनि कम हुन्छ । हरेक दिन ७५ ग्राम ओखर सेवन गर्दा फुरुषमा शुक्राणु, जीवन शत्ति तथा गतिशीलतामा समेत सुधार आउने बताइन्छ ।